‘सबैलाई पायक पर्ने ठाउँमा राजधानी तोक्नु पर्ने’

१० फाल्गुन २०७५, शुक्रबार १५:२७
 

सदरलाइनडटकम,
दाङ : उर्जा तथा जलश्रोत मन्त्री बर्षमान पुनले प्रदेश नं. ५ को स्थानीय राजधानी प्रशासनिक पहुँच पुग्ने स्थानमा तोक्नुपर्ने बताएका छन् । राजधानी तोक्ने अधिकार प्रदेशसभालाई रहेको भन्दै यस बिषयमा केन्द्रीय सरकारले हस्तक्षेप नगर्ने समेत उनले बताए । रिपोटर्स क्लव दाङले शुक्रवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले अहिले संबिधानमा लेखिएको आधारभुत कुराहरु कानुन निर्माण गरेर लागु गर्ने काम भईरहेको समेत बताए ।
संबिधानमा भएको कुरा रोजगारको ग्यारेन्टी, शिक्षा, स्वास्थ्य, आवासजस्ता कुराहरुको ग्यारेन्टी गर्न कानुन निर्माण भईसकेको र बाँकी कानुन निर्माणको कार्यलाई तिब्रता दिईएको छ । मन्त्री पुनले एक बर्ष्भित्र तुलसीपुर उपमहानगरपालिकाका सबै घरमा सहज रुपमा विद्युत सेवा उपलव्ध गराउने बताए । त्यसैगरी देउखुरी उपत्यकाका नाका क्षेत्रमा समेत सहज विद्युत सेवा उपलव्ध गराउन सरकारले आवश्यक योजना बनाइरहेको समेत दावी गरे ।
मन्त्री पुनले राप्ती लोकमार्गको स्तरोन्नती गरी भारत–नेपाल–चिन सिमाना सम्मको सडक विस्तार गर्ने योजनामा सरकार रहेको दावी गरे । रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कर्णाली प्रदेशका अर्थ तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णा्लिलाइ दाङसंग जोडेर संघिय राजधानी पुग्ने व्यवस्थापन गर्न चाँडै तुलसीपुर–हापुरे–सुर्खेत सञ्चालनमा आउने दावी गरे ।

Next Post

एकता टुङ्ग्याउन गठित नेकपाको कार्यदल भंग

१० फाल्गुन २०७५, शुक्रबार १५:२७
सदरलाइनडटकम, काठमाण्डौ : नेपाल कम्यनिस्ट पार्टी (नेकपा)ले सांगठनिक एकता टुंगो लगाउने गठित कार्यदल भंग गरेको छ । अब शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्नेछ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको हो । बिहीवारको सचिवालय बेठकमा […]