प्रदेशस्तरीय बहुभाषिक कवि गोष्ठी सम्पन्न

७ फाल्गुन २०७५, मंगलवार १८:२९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : विश्व भाषाभाषी दिवस २०७५ का अवसरमा ५ नं. प्रदेशस्तरीय भाषाभाषी स्रष्टा सम्मान, अन्तरक्रिया तथा बहुभाषिक कवि गोष्ठी नेपालगञ्जमा सम्पन्न भएको छ । ५ नं. प्रदेश अन्तर्गतका १२ जिल्लाहरुबाट सहभागिता रहेको सो समारोहमा विभिन्न जिल्लाका एक दर्जन बढी विभिन्न विधा र भाषाभाषी स्रष्टाहरुलाई सम्मान पनि गरिएको थियो ।
वाङमय प्रतिष्ठान केन्द्रिय समिति ५ नं. प्रदेश कपिलधाम कपिलवस्तुको मुख्य आयोजनामा भएको सो कार्यक्रम राप्ती साहित्य परिषद् घोराही दाङ, लुम्विनी वाङमय प्रतिष्ठान नेपाल बुटवल, रुपन्देहीको सहआयोजना, स्थानीय आयोजक भेरी साहित्य समाज केन्द्रिय समिति नेपालगञ्जको संयोजन तथा खजुरा गाउँपालिकाको सहकार्यमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता वाङमय प्रतिष्ठान केन्द्रिय समिति ५ नं. प्रदेश कपिलधाम कपिलवस्तुका अध्यक्ष हिमलाल ज्ञवालीले गर्नु भएको थियो ।
वरिष्ठ उर्दू साहित्यकार तथा गुल्जारे अदबका अध्यक्ष अब्दुल लतीफ शौकको प्रमुख आतिथ्यमा, पूर्व प्राज्ञ सदस्य तथा वरिष्ठ गजलकार वूँद राना, वरिष्ठ कथाकार र पूर्व सदस्य सचिव सनत कुमार रेग्मीको विशिष्ठ अतिथ्यमा सम्पन्न कार्यक्रममा बाँके, बर्दिया, दाङ, कपिलवस्तु, नवलपरासी, रुपन्देही, प्यूठान, पाल्पा, अर्घाखाँची, रुकुम (रुकुमकोर्ट पूर्व), गुल्मी, रोल्पा लगायत जिल्लाका विभिन्न भाषाभाषीका दर्जन भन्दा बढी स्रष्टाहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्राज्ञ सदस्य तथा भेरी साहित्य समाज केन्द्रिय समिति नेपालगञ्जका अध्यक्ष हरि तिमिल्सेनालाई पुनः प्राज्ञ सदस्यमा मनोनयन गरेकोमा बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिले भारत निवासी शारिक रब्बानीका “नेपाल के उर्दू शोरा का तफसीली जाएजा” नामको कृतिको विमोचन गरेका थिए भने भारत निवासी इन्कलाब अरफीले कृतिको माथि प्रतिक्रिया व्यक्त गरेका थिए ।

Next Post

सगरमाथाको वार्षिकोत्सवमा विविध कार्यक्रम

७ फाल्गुन २०७५, मंगलवार १८:२९
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदौंस्थित सगरमाथा ईग्ंिलश मिडियम हाईस्कूलले विभिन्न कार्यक्रम गरी १४ औं वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस मनाएको छ । स्कूलका संस्थापक कृष्ण बहादुर जिसीको अध्यक्षता, नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख मन प्रसाद रेग्मीको प्रमुख आतिथ्य र वरिष्ठ पत्रकार पूर्णलाल चुके विशिष्ठ आतिथ्यमा सम्पन्न सो कार्यक्रममा […]