खजुरा रनिङ शिल्डमा दौडलगायतका खेल सकियो

६ फाल्गुन २०७५, सोमबार १८:२४
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरास्थित जनसेवा मावि गिजरामा सञ्चालित प्रथम मेयर रनिङ खेलकूद प्रतियोगिताअन्तर्गत सोमवार विभिन्न खेलको अन्तिम नतिजा आएको छ । प्रथम मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता सचिवालय प्रमुख यमनारायण महतोका अनुसार छात्रछात्रा २०० मिटर, १५ सय मिटर दौड, रिले दौड, लङजम्प, ज्यापलिङ थ्रो लगायतका खेल सकिएका छन् ।
त्यस्तै भलिवल, कबड्डीको मंगलवार सेमिफाइनल र फाइनल खेल सञ्चालन हुनेछ । प्रावि, निमावि, मावितर्फ अन्तिम नतिजा आएका खेलाडीलाई पुरस्कार वितरणसमेत गर्दै आएको खजुरा गाउँपालिकाका अध्यक्ष एवं प्रथम मेयर रनिङ खेलकूद प्रतियोगिताका संयोजक किस्मतकुमार कक्षपतिले बताए । उनका अनुसार मंगलवार प्रतियोगिता समापन गरिनेछ ।
प्रावितर्फ ६, निमावि १७ र मावितर्फ ३१ खेलमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा खजुरा क्षेत्रका सामुदायिक, संस्थागत र मदरसा गरी ६५ विद्यालयका १ हजार ५ सय विद्यार्थीले सहभागिता जनाएका छन् ।
कक्षा ९–१२ मावि तह, कक्षा ६–८ निमावि र १–५ आधारभूत तीनै तहलाई प्रतियोगितामा सहभागिता गराई प्रतिस्पर्धा गराइएको खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले बताइन । उनका अनुसार प्रतियोगितामा मावि तर्फ प्रथम स्थान हासिल गर्ने विद्यालयलाई २० हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ७ हजार रुपैयाँको पुरस्कार व्यवस्था गरिएको छ भने कक्षा १ देखि ८ सम्मको विद्यालयका लागि क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार राशी राखिएको छ ।

Next Post

दुग्ध पदार्थको स्वच्छतासम्बन्धी निर्देशिका–२०७५ बारे छलफल

६ फाल्गुन २०७५, सोमबार १८:२४
सदरलाइनडटकम, नेपालगञ्ज  : खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको आयोजनामा दुग्ध तथा दुग्ध पदार्थको स्वच्छता एवम गुणस्तर सम्बन्धी निर्देशिका–२०७५ बारे छलफल आयोजना गरेको छ । कार्यक्रममा दाङ्ग, बाँके, बर्दिया र सुर्खेतका दुग्ध उत्पादन गर्ने किसान, डेरी सञ्चालक तथा उपभोक्ता लगायतको सहभागिता रहेको सो […]