बस दुर्घटनामा मृतकमध्ये तीनको सनाखत

३ फाल्गुन २०७५, शुक्रबार १३:५८
 

सदरलाइनडटकम,
जाजरकोट : जाजरकोटमा बिहीवार बेलुका भएको बस दुघर्टनामा परी मृत्यु भएका चारमध्ये तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा डोल्पा जिल्ला जगदुल्ला गाँउपालिका–४ छाँचुका मुनबहादुर बोहरा, बाँके खजुरा–२ का बसका सहयोगी हरिबहादुर रावत र सोही ठाउँका सहचालक सागर भण्डारी रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।
मृतक एक अधबैंसे पुरुषको भने अझै सनाखत हुन सकेको छैन । गम्भीर घाइते पश्चिम रुकुम आठबीकोट नगरपालिका –१३ का लालबहादुर थापा र आठबीसकोट नगरपालिका –११ का भरत चन्दलाई थप उपचारका लागि रातीनै नेपालगञ्ज पठाइएको छ । जाजरकोट नलगाड नगरपालिका –५ कालिमाटीका विवश बोहरालाई शुक्रवार बिहान थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए । जाजरकोट अस्पतालमा चार जना र रिम्नामा दुई जनाको उपचार भइरहेको छ । घाइतेको निःशुल्क उपचार गरिने प्रजिअ बस्नेतले बताए ।
नेपालगञ्जबाट रुकुम पश्चिम आठविसकोट नगरपालिकाको राडीबजार तर्फ गइरहेको भे १ ख १३२९ नम्बरको यात्रुबाहक बस बिहीबार राति जाजरकोट भेरी नगरपालिका–१ रिम्ना स्थित कुइनेउटामा दुर्घटना भएको हो। जाजरकोट–डोल्पा सडकको खलंगा रिम्न खण्डमा पर्ने यो बाटो कच्ची, साँघुरो हुनुकासाथै धेरै मोड भएकोले दुर्घटना भएको प्रहरीको जनाएको छ । बस निकै थोत्रो भएकाले पनि दुघर्टना भएको प्रहरीको भनाइ छ ।
घटनास्थल सदरमुकाम खलंगाबाट करिब १५ किलोमिटरको दूरीमा पर्दछ । घाइेतको स्वास्थ्य लाभको कामना र मृतक प्रति भावपुर्ण श्रदाञ्जली व्यक्त गदै वन तथा वातावरण मन्त्री शक्तिबहादुर वस्नेतले उपचारमा कुनै कमी हुँन नदिन आग्रह गरेका छन् । त्यस्तै पूर्वशान्ति मन्त्री सत्यपहाडी, सांसद गणेसप्रसाद सिंह, बीरबहादुर शाहीले समेत दुःख व्यक्त गरेका छन् ।

Next Post

डेढ सय बर्ष पुरानो मेला शनिवारदेखि शुरु हुँदै

३ फाल्गुन २०७५, शुक्रबार १३:५८
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाँउपालिकामा हरेक बर्ष धर्मगुरुको सम्झनामा लाग्दै आएको मेला यस बर्ष शनिवारदेखि शुरु हुँदैछ । नरैनापुर गाँउपालिका वडा नम्बर २ को गंगापुर (मियाँपुर्वा) मा शनिवारदेखि ८ दिन सञ्चालन हुने मेला १२ गतेसम्म चल्नेछ । गंगापुरमा रहेको खलिफा सैयद नुर अहमद शाह रहमततुल्लाह अलैह उर्स मेला […]