नरैनापुरमा धार्मिक मेला तयारी अन्तिम चरणमा

२ फाल्गुन २०७५, बिहीबार २२:५२
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको बिकट क्षेत्र मानिएको नरैनापुर गाँउपालिकामा ८ दिने मेला शुरु हुने भएको छ । नरैनापुर गाँउपालिका वडा नम्बर २ को गगापुर (मियापुरमा) मा शनिवार फागुन ४ गतेदेखि सञ्चालन हुने मेला १२ गते सम्म चल्ने मेला आयोजक समितिका प्रबन्धक तौहीद अहमद शाहले जानकारी दिए ।
गँगापुरमा रहेको खलीफा सेैयद नुर अहमद शाह रहमततुल्ला अलैह उर्स मेला सयौ बर्षदेखि यसै समयमा आयोजना हुदै आएको र विगतको परम्परालाई निरन्तरता दिदै मेला आयोजना गरिएको हो ।
मेलामा सामुहिक भण्डारा, प्रार्थना, कव्वाली, नाच तथा तथा जादुई खेलको लगायतको गतिबिधि हुने गरेको छ । यस बर्षदेखि मेलामा भारत कानपुरका चर्चित कोैव्वाल सरीफ परवाज तथा फैजाबादकी नेहानाजको जवावी कौव्वाली मुख्य आकर्षण रहेको बताईएको छ ।
मेलाको दोस्रो दिन अर्थात फागुन ५ गते हुने जबावी कौव्वाली एक दिन ६ घण्टा मात्रका लागि ४ लाखमा मगाईएको आयोजकले जनाएको छ । कौव्वाल टोलीमा १० जना महिला र १० जना पुरुष गरि २० जनाको टोली रहने जनाईएको छ ।
लगातार आठ दिनसम्म लगातार चलने यो मेलामा बाँके, बर्दिया लगायत छिमेकी मुलक भारतको बहराईच, श्रावस्ती, गोण्डा, बलरामपुर, लगायत उत्तरप्रदेश तथा गुजरातबाट समेत दशनार्थीहरु आउने गरेका छन ।
यसैगरि मेला स्थलमा रहेको खलीफा सेैयद नुर अहमद शाहको मजार प्रति दर्शालुहरुको धार्मिक आस्था रहेकोले चादर चढाउने, भाकल हाल्नेहरुको पनि मेलामा भीड लाग्ने गरेको छ । मेलामा दर्शकहरुलाई मनोरन्जन गराउनका लागि भारतबाट आएका प्रशिद्ध नौटँकी नाचको आयोजना हुने गर्दछ भने नेपाल र भारतका ठुल्ठुला ब्यापारिक कम्पनीहरुको स्टलह्ररु राखिने गरिएको आयोजकले जनाएको छ ।

Next Post

प्रदेस स्थापना दिवसको अवसरमा रक्तदान

२ फाल्गुन २०७५, बिहीबार २२:५२
सदरलाइनडटकम, नेपालगञ्ज  : प्रदेस नं. ५ स्थापना दिवसको अवसरमा सामाजिक विकास मन्त्रालय बुटवलको आयोजनामा नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । स्वास्थ्य कार्यालय बाँके र नेपाल रेडक्रश सोसाईटी रक्तसञ्चार सेवा केन्द्र नेपालगन्जको समन्वयमा सम्पन्न सो रक्तदान कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीबास्तवले गरेका थिए । प्रदेस नं. […]