भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस आज मनाईंदै

२ फाल्गुन २०७५, बिहीबार १५:३६
 

सदरलाइनडटकम,
काठमाण्डौ : फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे । बिहीवार नेपालसहित विश्वभरीनै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाईंदै छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन ‘भ्यालेन्टाइन डे’ लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने दिनका रूपमा लिने गर्छन् ।
सूचना प्रविधिको प्रयोगले भ्यालेन्टाइन डेको रौनक नेपालमा पनि बढ्दै गएको छ । नजिकै भए भेटेर रातो गुलाब र विभिन्न उपहार दिएर शुभकामना आदनप्रदान गरिन्छ भने टाढा भए इमेल र च्याट, मोबाइलमार्फत एसएमएस गरी पनि भ्यालेन्टाइन डे मनाउने चलन छ । प्रेम गर्नका लागि प्रयोग गरिने सामान खरिद गर्न यतिबेला साना ठूला गिफ्ट पसलहरूमा प्रेमीहरु भरिभराउ छन् ।
कुनै चाडपर्व होस् या भावना व्यक्त गर्न, आजकाल कार्डलाई नै माध्यम बनाइएको पाइन्छ । आफ्नो भावना व्यक्त गर्न आफूले लेख्न पनि नपर्ने कार्डमा नै लेखिराखेका हुन्छन, त्यसैले पनि कार्ड दिने चलन बढेको हो । भ्यालेन्टाइन डेको सुरुआत सन् २६९ मा भएको मानिन्छ इटालीको रोमका सम्राटले सैनिकहरू नारीसँगको सम्बन्धका कारण कमजोर हुने भन्दै प्रेम र विवाह गर्न रोक लगाएका थिए ।
तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे। आफ्नै अभियानविरूद्धको गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्ड दिए । झुण्ड्याइनुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिकालाई दिएका थिए । भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो ।


डेढ करोडको गुलाब आयात
प्रणय दिवसका लगि यो वर्ष भारतबाट एक करोड ५० लाख रुपैयाँको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढेको कारण धेरै परिमाणमा फूल आयात नगरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमारकसजु श्रेष्ठले बताए ।
भ्यालेन्टाइन डे मनाउन पाकिस्तानले रोक लगाएको छ । भने साउदी अरेबियामा प्रहरीले प्रणय दिवसमाथि प्रतिबन्ध लगाएको छ । भारतमा प्रणय दिवस मनाइए पनि पश्चिमी संस्कृति भएको भन्दै अलोचनासमेत गर्ने गरिएको छ ।

Next Post

नरैनापुरमा धार्मिक मेला तयारी अन्तिम चरणमा

२ फाल्गुन २०७५, बिहीबार १५:३६
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको बिकट क्षेत्र मानिएको नरैनापुर गाँउपालिकामा ८ दिने मेला शुरु हुने भएको छ । नरैनापुर गाँउपालिका वडा नम्बर २ को गगापुर (मियापुरमा) मा शनिवार फागुन ४ गतेदेखि सञ्चालन हुने मेला १२ गते सम्म चल्ने मेला आयोजक समितिका प्रबन्धक तौहीद अहमद शाहले जानकारी दिए । गँगापुरमा रहेको […]

सम्बन्धित