नक्कली नोटसहित गोंगबुबाट एक पक्राउ

२७ माघ २०७५, आईतवार १७:५७
 


सदरलाइनडटकम,
काठमाण्डौ : नक्कली नोटसहित गोंगबुमा एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग, गोंगबुले ओमबहादुर कुँवर क्षेत्रीलाई १ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा कुँवर बसेको होटलमा शनिवार छापा मार्दा नक्कली नोट बरामद भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार नक्कली नोटको कारोबारमा अर्का एक जना पनि संलग्न रहेका पाइएको छ । उनको पहिचान खुलिसकेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

‘नेपालगञ्ज र डुडुवामा सात सय करोड खर्च गरिने’

२७ माघ २०७५, आईतवार १७:५७
सदरलाइनडटकम, नेपालगञ्ज : शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले चालू आर्थिक बर्षमा बाँकेमा विकासका लागि ७ सय करोड रुपैयाँ बजेट बिनियोजन गर्ने गृहकार्य भइरहेको बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिका १५ स्थित हनुमान निमाविमा आइतवार भएको सरस्वती पुजा कार्यक्रममा मन्त्री राईले नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका गरी ७ सय करोड बजेट […]