छ महिलासहित ६७ जनाले गरे जनमत रक्तदान

२६ माघ २०७५, शनिबार १७:२६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : जनमत अद्र्ध साप्ताहिकले हिमालयन बैंक लिमिटेड, कर्मचारी संगठन केन्द्रीय समिति र नेपालगन्ज शाखासंगको सहकार्यमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६ जना महिलासहित ६७ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, कर्मचारी लगायतले रक्तदान गरेका हुन ।
नेपालगन्ज उप–महानगरका प्रमुख डा.धवल शम्शेर राणा, हिमालयन बैंक लिमिटेड, कर्मचारी संगठन केन्द्रीय अध्यक्ष गौतम भण्डारी, द आर्टअफ लिभिङका प्रमुख प्रशिक्षक काव्या लम्सालले स्वयम्सेवी रक्तदाता युवा समाजसेवी उद्यमी डिला शाहलगायतलाई रक्तदानको लागि रगत संकलन गर्ने प्याकेट दिएर सुरुवात गरेका हुन ।
जनमतको रजत वर्ष–२०६३ देखि ‘रक्तदान जीवनदान’को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित ‘त्रैमासिक रक्तदान’ कार्यक्रमको ४१ औं श्रृङ्खलामा हिमालयन बैंक लिमिटेडको २६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको जनमत सम्पादक पूर्ण लाल चुकेले जानकारी दिए ।
कार्यक्रम संयोजक पत्रकार पवन जायसवालका अनुसार सो कार्यक्रममा रक्तदान दिनेहरुमा हिमालयन बैंक लिमिटेड, कर्मचारी संगठन केन्द्रीय अध्यक्ष गौतम भण्डारी, कोषाध्यक्ष दीपक गौतम, नेपालगन्ज शाखाका प्रवन्धक शैलेन्द्रमान श्रेष्ठ, सरोज रेग्मी, हरित अभियानका अभियन्ता हेमन्त काफ्ले, माया गिरी, स्वेता बज्राचार्य, अजिता श्रेष्ठ सिंह, दीपज्योति शाही, विक्रम भुषाल, दिक्षा खनाल भुषाल, अनामिका काफ्ले भुसाल, भरत भुषाल, शैयदा शकिना शाह, राजीव पन्तलगायत रहेका थिए ।
त्यसैगरि रेडियो कृष्णसारका प्रमोद डि.जी, योगराज चौधरी (योगेश), मेघराज जिएम, कलाकारद्वय प्रशान्त केसी, नवराज सुवेदी, लक्ष्मण कुमार वैश्य, पवन कुमार वैश्य, भगवान शरण यादव, असफाक संघर्ष, सुनिल रत्गैया, सञ्जय बढई, अफरोज जसगढ, होमराज गिरी, योगेश चौधरी, गोपी प्रसाद मौर्य, शेर बहादुर बोहोरा लगायतले रक्तदान गरेका थिए ।
नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य तथा क्षेत्रीय संयोजक झलक गैरे, निवर्तमान शाखा अध्यक्ष रुद्र सुवेदी, हिमालयन बैंक लिमिटेड, कर्मचारी संगठनका केन्द्रीय कोषाध्यक्ष दीपक गौतम लगायतले रक्तदाताहरुलाई प्रशंसा पत्र तथा टिसर्ट प्रदान गरेका थिए ।
उक्त कार्यक्रमको संयोजन गर्ने बैंकका अधिकृत सरोज रेग्मीले दिएको जानकारी अनुसार सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित मध्यपश्चिम क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्पमा ७ जना प्राविधिक टोली खटिएको थियो ।
२०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा हालसम्म करीब २ हजार ५ सय भन्दा बढी संख्यामा स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् ।


 

Next Post

नेपालगञ्जमा वडा वडामा योग सिकाईदैं

२६ माघ २०७५, शनिबार १७:२६
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा आइतवारदेखि योग कार्यक्रम शुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका मेयर डा. धवलशम्शेर राणाले शुरुवात गरेको वडास्तरीय निशुल्क योग कार्यक्रम पहिलो चरणमा २३ वटै वडामा दुई महिनासम्म सञ्चालन गरिने भएको छ । योग कार्यक्रमका लागि पतञ्जली योग समितिले प्रत्येक वडामा योग गुरु खटाएको छ ।