ट्रक, मिनिट्रक, ट्याङकरका चालक सहचालकको आँखा परिक्षण

२५ माघ २०७५, शुक्रबार २१:२३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : जिल्ला ट्राफिक कार्यालय बाँके र भेरी अञ्चल ट्रक, मिनिट्रक, ट्याङकर यातायात व्यावसायी समितिले नेपालगञ्जमा चालक तथा सहचालकका लागि शुक्रबार एक दिने आँखा परिक्षण तथा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ ।
बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्रक, मिनिट्रक, ट्याङकरलगायतका यातायातका साधनमा कार्यरत चालक तथा सहचालकको आँखा परिक्षण गरी उनीहरुलाई आवश्यक औषधि तथा चस्मा निशुल्क वितरण गरिएको समितिका अध्यक्ष किशन गुरुङ्गले जानकारी दिए ।
जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका प्रमुख तथा ट्राफिक प्रहरी निरिक्षक हिरेन्द्र रोकायले राजमार्गमा सवारी साधन चलाउने चालक र सहचालकको आँखामा समस्या आउदाँ दुर्घटनाको ठूलो जोखिम हुने भएकाले विभिन्न संघसंस्थाहरुसंगको समन्वय तथा सहकार्यमा सचेतना अभियान संगै स्वास्थ्य जाँच र आँखा जाँच कार्यक्रम गर्दै आएको बताए ।
फत्तेबाल आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालनमा रहेको सो आँखा शिविरमा ३ सय २५ जनाको आँखा परिक्षण गर्नुको साथै सय जनालाई चस्मा वितरण गरिएको समितिका महासचिव टिपी न्यौपानेले जानकारी दिए ।
आँखा परिक्षणमा आएका सबैलाई ट्राफिक चेतना सम्बन्धित अभिमुखिकरण गराईएको जिल्ला ट्राफिक कार्यालय बाँके नेपालगन्ज पोष्ठका ईन्चार्ज प्रहरी नायव निरीक्षक भिमराज ओलीले जानकारी दिए ।
सो अवसरमा नेपालगन्ज उप–महानग वडा न. १८ का अध्यक्ष दिपक बर्मा, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव अजयकुमार टंण्डन, समितिका पदाधिकारी तथा पूर्व अध्यक्षलगायतको सहभागिता रहेको थियो ।  

Next Post

आदर्श मावि नेपालगञ्जमा ट्यालेन्ट हन्ट

२५ माघ २०७५, शुक्रबार २१:२३
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जको आदर्श माविले विद्यार्थीका लागि ट्यालेन्ट हण्ट कार्यक्रम गरेको छ । विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रमको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं संस्थापक सञ्जय थापाले उदघाटन गरेका हुन । नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीले विभिन्न विधामा आ–आफनो ट्यालेन्ट प्रस्तुत गरेका थिए । शिक्षक, विद्यार्थी लगायतको उपस्थिती रहेको कार्यक्रममा […]