सांसद वलीको उपचारमा मुख्यमन्त्री पोखरेलको गहन चासो

२५ माघ २०७५, शुक्रबार २१:०९
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  बिहीबार दाङ्गमा भएकाृ सडक दुर्घटनामा परी घाइते भएका प्रदेश नं. ५ का प्रदेश सभा सदस्य उत्तरकुमार वलीको काठमाण्डौमा उपचार भईरहेको छ । मुख्यमन्त्री शंकर पोखरेलले विहिबार दुर्घटनामा घाइते भएका दाङ्गबाट निर्वाचित प्रदेश सदस्य वलीको उपचारका लागि नेपालगञ्ज हेलिकप्टर पठाएर काठमाण्डौ लैजान पहल गरी उनको उपचार विशेषज्ञ डाक्टर मार्फत भईरहेको छ ।
उपचारमा संलग्न डाक्टरहरुले प्रदेश सभा सदस्य वलीको उपचारमा कुनै आलटाल नगरी आफुहरुले काम गरिरहेको मुख्यमन्त्रीलाई जानकारी दिएको मुख्यमन्त्रीका स्वकीय सचिब सरोज रेग्मीले जानकारी दिए ।
तुलसीपुरबाट बीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बस र बुटवलबाट तुलसीपुरतर्फ आउँदै गरेको सांसद वली चढेको बा १८ च ६८३६ नम्बरको कार बिहीबार पौने पाँच बजेतिर घोराही लमही सडकखण्ड अन्तर्गत घोराही उप–महानगरपालिका –३ चिसापानी नजिकै ठोक्किँदा दुर्घटना भएको थियो ।
मुख्यमन्त्री पोखरेलको निर्देशनमा तत्काल उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएको थियो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका डाक्टरहरुको टीमले पहिलो चरणको उपचार पश्चात मुख्यमन्त्रीकै पहलमा शुक्रबार उनलाई हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाण्डौ लगिएको थियो ।
प्रदेश सभा सदस्य वलीको उपचारका लागि प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री पोखरेलले वताएका छन् । उपचारका लागि जे जस्तो आवश्यकता पर्दछ ती सबै उपाय र प्रविधिको प्रयोग गर्न मुख्यमन्त्री पोख्रेललको निर्देशन छ ।
‘नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा सही समयमा, सही उपचार भएको छ, उपचारमा कुनै कमी भएको छैन’–काठमाण्डौ स्थित मेडिसिटी अस्पतालका डाक्टरले जानकारी दिएको स्वकीय सचिब रेग्मीले भने ।
काठमाण्डौबाट वलीलाई लिनका लागि आएको डाक्टरहरुको समूहले पनि उनको स्वास्थ्यलाई ध्यानमा दिएकोले उपचारमा सहज भएको काठमाण्डौका डाक्टरले वताएका छन् । मेडिसिटी अस्पतालका डाक्टरहरुको समूहले समस्याको पहिचान भएको र सोही अनुसारको उपचार भईरहेको स्वकीय सचिब रेग्मीले जानकारी दिए ।
उनको टाउकोमा गंम्भीर चोट लाग्नुको साथै करङ्ग पनि भाँचिएको प्रारम्भिक उपचारमा संग्लग्न नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका डाक्टरहरुले जानकारी दिएका छन् । उनलाई दुर्घटना भएको करिब २ घण्टामा नै नेपालगन्ज मेडिकल कलेज कोहलपुरका ल्याइएको थियो ।

Next Post

ट्रक, मिनिट्रक, ट्याङकरका चालक सहचालकको आँखा परिक्षण

२५ माघ २०७५, शुक्रबार २१:०९
सदरलाइनडटकम, नेपालगञ्ज : जिल्ला ट्राफिक कार्यालय बाँके र भेरी अञ्चल ट्रक, मिनिट्रक, ट्याङकर यातायात व्यावसायी समितिले नेपालगञ्जमा चालक तथा सहचालकका लागि शुक्रबार एक दिने आँखा परिक्षण तथा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ । बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्रक, मिनिट्रक, ट्याङकरलगायतका यातायातका साधनमा कार्यरत चालक तथा सहचालकको आँखा […]