वर्षाको कारण दोस्रो मेयरकप अन्तरविद्यालय टी–२० क्रिकेट स्थगित

२४ माघ २०७५, बिहीबार १७:१९
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : बुधबारदेखि परेको पानीका कारण खेल मैदान हिलाम्य भएको कारण नेपालगञ्जमा जारी दोस्रो मेयरकप अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा विहिवारको खेल हुन सकेन ।
नेपालगञ्जको मंगलप्रसाद मावि र होप ईन्टरनेसनल माविबीचको खेल वर्षाका कारण स्थगित भएको आयोजकले जनाएको छ । ‘मौसमको अनियमितताका कारण खेल गराउन सकेनौ, यो खेललाई अर्काे दिन खेलाउने छौ’–प्रतियोगिताका संयोजक मेराज अन्सारीले भने ।
प्रतियोगिताको फाइनल खेल आउँदो फाल्गुन ४ गते हुने छ । प्रतियोगिताको विजेताले एकाउन्न हजार तथा उप विजेताले पच्चीस हजार पाउने छन् ।

Next Post

शनिवारदेखि मौसममा सुधार हुने : मौसमविद्

२४ माघ २०७५, बिहीबार १७:१९
सदरलाइनडटकम, काठमाण्डौ : भोलि (शनिवार)देखि मौसममा सुधार हुँदै जाने मौसमविद्ले अनुमान गरेका छन् । बिहीवार रातिदेखि नै देशका धेरै ठाउँमा पानी र हिउँ पारेको प्रणाली केही कमजोर भएपछि भोलिदेखि मौसममा सुधार हुने देखिएको मौसमविद् सुजन सुवेदीले बताए । उनका अनुसार भोलि पश्चिमको मौसम आशिंक बदली भएपनि पूर्व र मध्य क्षेत्रको […]

सम्बन्धित