सिन्धुलीमा जीप दुर्घटना हुँदा पाँचको मृत्यु, आठ घाइते

२४ माघ २०७५, बिहीबार १६:३१
 

सदरलाइनडटकम,
सिन्धुली : सिन्धुलीको फिक्कल गाउँपालिकामा बिहीवार जीप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । फिक्कल गाउँपालिका १ महादेव डाँडाबाट सिन्धुलीगढीतर्फ आउँदै गरेको बा १५ च ९४२२ नम्बरको डबल क्याप बोलेरा आफैँ अनियन्त्रित भई फिक्कल गाउँपालिका २ चण्ढी भज्याङमा दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा फिक्कल गाउँपालिका २ की २५ वर्षीया अनिता महत, फिक्कल २ की ५५ वर्षीया तिलमाया विक, सोही ठाउँका ६० का कुनमान तामाङ, फिक्कल गाउँपालिका ३ की ३५ बर्षीया शान्तिमाया श्रेष्ठ र फिक्कल गाउँपालिका २ की ४५ वर्षीया लक्ष्मी विक रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
अनिता महतको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो भने अरू चार जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी फिक्कल २ चण्डीभज्याङका ४३ का दीपककुमार सुनुवार, सोही ठाउँका चालक मानबहादुर सुनुवार, तिनपाटन गाउँपालिकाका २६ वर्षका गणेश घिसिङ, फिक्कल २ का ३५ वर्षका जय प्रसाद न्यापाने, फिक्कल ३ का ३८ वर्षका दीपक श्रेष्ठ, फिक्कल २२ का ६६ वर्षका गंगा माया विक, फिक्कल १ का ६५ वर्षीया चन्द्रमाया विक, सोही ठाउँका ४५ वर्षका राजेश सुनुवार र सोही ठाउँका ६० वर्षका नन्दलाल विक घाइते भएका छन् ।
घाइतेमध्ये दीपककुमार सुनुवार, चालक मानबहादुर सुनुवार, गणेश घिसिङको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए। घाइतेलाई उपचारका लागि धुलीखेल पठाइएको छ । बोलेरो सडकबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Next Post

पचासी हजारसहित कोहलपुरमा छ जुवाडे पक्राउ

२४ माघ २०७५, बिहीबार १६:३१
सदरलाइनडटकम, कोहलपुर (बाँके) : ईलाका प्रहरी कार्यालय कोहलपुरले हवल्दारपुरबाट नगद रकमसहित ६ जना जुवाडेलाई बुधवार बेलुकी पक्राउ गरी बिहीवार सार्वजनकि गरेको छ । प्रहरीले जुवाडेहरुका साथबाट ८५ हजार ७ सय ५ रुपैयाँ बरामद गरेको ईलाका प्रहरी कायार्यलय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश बहादुर सिंहले जानकारी दिएका छन् । प्रमोद […]