कुलचन्द्र गौतम स्मृति संस्थाद्वारा त्रिविमा संस्कृत अनुसन्धानमा सहयोग

२४ माघ २०७५, बिहीबार १५:२३
 

सदरलाइनडटकम,
काठमाडौं  : त्रिभुवन विश्वविद्यालय संस्कृति केन्द्रीय विभाग र कुलचन्द गौतम स्मृति संस्थाविच संस्कृत केन्द्रीय विभागको नाममा वहुउदेश्यीय भवन निर्माण गरी संस्कृत, साहित्य, वेद, योग लगायतका विधाहरुमा अध्ययन/अनुसन्धान गर्ने सहमति भएको छ ।
उपकुलपति कार्यालयमा बिहिबार आयोजित सम्झौता पत्र हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गदै त्रिवि उपकुलपति प्रा.डा. तीर्थराज खनियाले समाजका महत्वपूर्ण व्यक्तित्वसँग जोडिएर विश्वविद्यालयहरुका शुभचिन्तकहरुले अनुसन्धान केन्द्र खोल्ने प्रयत्न गर्नुआफैमा पवित्र काम भएको बताए ।
‘विद्धानहरुको नाममा स्थापित संघसस्थाले विश्वविद्यालयका केन्द्रीय विभागहरुसँग सहकार्य गर्दा प्राज्ञिक गतिविधि बढ्नुको साथै ज्ञान उत्पादनमा महत्वपूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छु’–उनले भने ।
कुलचन्द गौतम स्मृति संस्थाका अध्यक्ष डा.प्रसन्नचन्द्र गौतमले संस्कृत र नेपाली साहित्यका विद्धान कुलचन्द्र गौतमको नाममा त्रिभुवन विश्वविद्यालयमा प्राज्ञिक अध्ययन एवं अनुसन्धान हुनु मुलुक कै लागि गर्वको विषय रहेको बताए । उनले संस्कृति केन्द्रीय विभागको नाममा ४ हजार वर्गफिटको भवन निर्माण गरी प्राज्ञिक एवं अनुसन्धानका कार्य अगाडि वढाउने प्रतिवद्धता व्यक्त गरे ।
त्रिवि संस्कृत केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा नारायणप्रसाद विद्धान कुलचन्द्र गौतमको नाममा प्राप्त सहयोगले संस्कृत केन्द्रीय विभागमा योगमा स्नातक विषय सञ्चालयमा ल्याउने र संस्कृत विषयका प्राज्ञिक अनुसन्धान कार्यलाई अघि वढाउने जानकारी दिए ।
सो सम्झौता पत्रमा त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागको तर्फवाट विभागका प्रमुख प्रा.डा नारायणप्रसाद गौतम र कुलचन्द्र गौतम स्मृति संस्थाका अध्यक्ष डा.प्रसन्नचन्द्र गौतमले हस्ताक्षर गरेका छन् ।

Next Post

सिन्धुलीमा जीप दुर्घटना हुँदा पाँचको मृत्यु, आठ घाइते

२४ माघ २०७५, बिहीबार १५:२३
सदरलाइनडटकम, सिन्धुली : सिन्धुलीको फिक्कल गाउँपालिकामा बिहीवार जीप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । फिक्कल गाउँपालिका १ महादेव डाँडाबाट सिन्धुलीगढीतर्फ आउँदै गरेको बा १५ च ९४२२ नम्बरको डबल क्याप बोलेरा आफैँ अनियन्त्रित भई फिक्कल गाउँपालिका २ चण्ढी भज्याङमा दुर्घटना भएको हो । […]