सिद्धार्थ बिजनेश गु्रप २१ वर्ष प्रवेशसंगै २२ शाखा सञ्चालनमा

२३ माघ २०७५, बुधबार १८:२६
 

सदरलाइनडटकम,
टीकापुर (कैलाली) : सिद्धार्थ गु्रपले हस्पिटालिटी ब्यबसाय सुरु गरेको २१ वर्ष पुरा भएकोे अबसरमा देशभर सञ्चालनमा रहेका २२ शाखामा विभिन्न रचनात्मक कार्य सम्पन्न गरेको छ ।
गु्रपका देशैभर रहेका २२ वटा शाखाहरुले अनाथ बालबालिकाहरुलाई खाद्यान्न र शैक्षिक सामाग्रीहरु बितरण, रक्तदान, मानसिक लगायत बिभिन्न समस्याका कारण सहारा गृहमा बस्दै आएका ब्यक्तिहरुलाई खाद्य सामाग्री बितरण, सरसफाई कार्यक्रम गरेर बार्षिक उत्सब मनाएका छन ।
बार्षिक उत्सबको अबसरमा टीकापुरमा रक्तदान, कैलालीको बौनिया स्थित सहारा गृहमा बस्दै आएका मानसिक लगायत बिभिन्न समस्याका कारण कष्टपुर्ण अबस्थामा रहेका करिब ५० जना ब्यक्तिहरुलाई खाद्य सामाग्री बितरण गरेको छ ।
सुर्खेतमा सरसफाई गरिएको छ भने काठमान्डौमा अनाथ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री बितरण गरिएको छ । देशैभर रहेका आफ्ना शाखाहरुमा गेष्टहरुलाई केक खुबाएर स्बागत गरेको छ ।
कैलालीको टीकापुरबाट २०५४ माघ २३ देखि सानो नास्ता पसलबाट हपिस्टालि ब्यबसाय सुरु गरेको सिद्धार्थ गु्रपका कर्णाली चिसापानी, नेपालगन्ज, सुर्खेत, बुटबल, चितबनको चुम्लिङटार र काठमान्डौमा रेष्टुरेन्ट, होटेल, रिसोट, टेड, क्याफे, इष्ट्रिच्युट, कृषि फर्म र सहकारी गरी २२ वटा शाखाहरु रहेका छन ।
सिद्धार्थ गु्रपले कन्चनपुरको महेन्द्रनगर र झापाको बिर्तामोडमा निकट भबिश्य मै होटेलहरु संचालन गर्ने तयारी गरि रहेको गु्रपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।
२१ औ बार्षिक उत्सबको अबसरमा सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी अन्र्तगतका सबै शाखाहरुले गु्रपले बार्षिक उत्सकका दिन माघ २३ गते सबै शाखाहरुमा फुड र बेबरेजमा १५ प्रतिशत छुट दिएको छन । बार्षिक उत्सबकै अबसरमा गु्रपले आफ्ना शाखाहरुबाट थप गुणस्तरिय सेवाहरु प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ । 

Next Post

रेञ्जरसहित ४ बनकर्मी अख्तियारको नियन्त्रणमा

२३ माघ २०७५, बुधबार १८:२६
सदरलाइनडटकम, नेपालगञ्ज   : अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जले ईलाका बन कार्यालय राँझमा कार्यरत चार जना कर्मचारीलाई दशहजार घुससहित पक्राउ गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले दिएको जानकारी अनुसार बुधबार साँझ साढे ६ बजे घुससहित नेपालगञ्जको स्नेह होटेल नजिकैबाट दश […]