नेपाल बिस्कुट उत्पादक संघले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई बुझायो ज्ञापन

२२ माघ २०७५, मंगलवार २२:५९
 

सदरलाइनडटकम,
काठमाडौं  : नेपाल बिस्कुट उत्पादक संघले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष वसन्त कुमार चौधरीको नेतृत्वमा गएको डेलिगेशन सहितको टोलीले मन्त्री यादवलाई वर्तमान बिस्कुट उद्योगको अवस्थाबारे जानकारी गराउँदै ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा विदेशी बिष्कुटलाई निषेध गर्न, उत्पादन प्रयोजनको लागि आयात गर्ने कच्चा पदार्थमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न, चिनी आयातको ५ प्रतिशत भन्सार महसुल सुबिधा उपलब्ध गर्न, नेपालमा तयारी बिष्कुटको आयात रोक्न र सरकारबाट विशेष सहुलियत प्रदान गर्नका लागि संघले माग गरेको छ ।
आयातित बिष्कुटसँग प्रतिष्पर्धा गर्न नसकेका कारण नेपालका बिस्कुट उद्योग खुम्चँदै गएको ज्ञापत्र पत्रमा उल्लेख गरिएको छ । नेपालमा केही वर्षअघि ७ अरब लगानी रहेका ३५ वटा बिस्कट उद्योग सञ्चालित थिए । तर, अहिले खुम्चँदै गएर लगभग १६ वटा उद्योगमात्र मात्र सञ्चानमा रहेको संघको गुनासो छ ।

Next Post

भारतबाट ल्याईएको बोईलरकुखरा मोटरसाईकलसहित नियन्त्रणमा

२२ माघ २०७५, मंगलवार २२:५९
सदरलाइनडटकम, खजुरा (बाँके) : प्रहरी चौकी राधापुर खजुराले भारतबाट अनाधिकृत रुपमा ल्याउदै गरेको बोईलर कुखुरा नियन्त्रणमा लिएर क्वारेन्टाईनमा बुझाएको छ । चौकीबाट प्रहरी सहायक निरिक्षक जंगबहादुर एमसीको कमाण्डमा गस्तीमा खटिएको टोलीले खजुरा–१ बेलडाँडाको माननदीको ढिकबाट बुधबार विहान ७ बजे भे ७ प २८४३ नं.को मोटरसाईकलमा ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिएको […]