
सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुमन मल्लले बिद्यालयमा खानेपानी धारा जडानका लागि तलब सहयोग गरेका छन् । आदर्श माबि खजुरालाई मल्लले एक महिनाको तलब सहयोग गरेका हुन् ।
प्राचार्य राजेन्द्र सापकोटा र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरबहादुर खड्कालाई मंगलवार एक महिनाको १९ हजार ८०० रुपैयाँ हस्तान्तरण गरे । प्राचार्य सापकोटाले मल्लले गरेको सहयोगका लागि धन्यवाद दिए ।
मल्ले यसअघि एक बर्षको तलब भत्ता राधापुरको जयकिसान क्लब र ३ महिनाको तलब एमबिबिएस अध्यनरत डि गाउँकी प्रतिमा शर्मालाई सहयोग गरेका थिए ।