सशस्त्र प्रहरीद्वारा हुल तथा दंगा व्यवस्थापन तालिम समापन

२१ माघ २०७५, सोमबार २२:३२
 

सदरलाइनडटकम,
नेपालगन्ज  :  सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर बाँके नं.३० बागेश्वरी गणमा आयोजित हुल तथा दंगा व्यवस्थापन तालिमको सोमबार समापन गरिएको छ । छ साता लामो तालिको समापन गर्दै सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय रुपन्देही नं. ५ बिन्दबासिनी बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक चिरञ्जिवि अधिकारीले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न निर्देशन दिए ।
उनले दंगा तथा हुल नियन्त्रणको लागि मानविय तथा अन्य क्षति नहुने गरी मानवअधिकार, राष्ट्रिय र अन्तरष्ट्रिय कानूनको पालना गर्दै न्यूनतम भन्दा न्यूनतम बल प्रयोग गरीने तौर तरिका सिकाईएकोले आवश्यक परेको बेलामा संयमता अपनाउदै प्रयोगमा ल्याउन तलिममा सहभागिलाई निर्देशन दिए ।
गत पुसको ८ गतेदेखि सञ्चालनमा ल्याईएको सो तालिममा सशस्त्र प्रहरीका जवानदेखि सशस्त्र प्रहरी नायव निरिक्षकसम्म गरी ५० जनाको सहभागिता रहेको थियो । तालिममा हुल दंगाबाट क्षति हुन नदिई हुलदंगामा सहभागिलाई तितरवितर पार्ने कला, बल प्रयोग गर्ने तरिका सिकाईएको थियो ।
तालिमको समापनको अवसरमा तालिममा सिकाएका सबै तकनिकहरु नाटकिय रुपमा प्रस्तुति समेत गरिएको थियो । सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर बाँके नं.३० बागेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक भेषबहादुर शाहले धन्यबाद ज्ञापन गरेका थिए ।
सो अवसरमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष ओमकार नाथ मिश्र, प्रदेश प्रहरी तालिम शिक्षालय सुर्खेत हाल नेपालगन्जका समादेशक प्रहरी वरिठ उपरीक्षक डा. देबबहादुर बोहरा, सशस्त्र प्रहरी जवान तलिम शिक्षालय नौबस्ता बाँकेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल गिरीलगायतको उपस्थिति रहेको थियो ।
यसैबीच सशस्त्र प्रहरी नायब महानिरिक्षक अधिकारीले बाँकेको जानकी गाउपालिका १ बढैयातालमा सीमा सुरक्षा बोर्डर आउट पोस्टको उदघाटन गरेका छन् । कार्यक्रममा सो वडाका अध्यक्ष मोहम्मद रजा राई, समाजसेवी किशोर थापा, इन्द्रबहादुर थापा, बद्लु खानलाई सम्मान गरिएको थियो ।    


Next Post

कलाकारसँगै रमाए मन्टेश्वरीका बालबालिका

२१ माघ २०७५, सोमबार २२:३२
सदरलाइनडटकम, कोहलपुर (बाँके) : नेपाली चलचित्रका युवा नायक र गायक स्थानीय मन्टेश्वरीका बालबालिकाहरुसँग दुई दिनसम्म रमाएर बालबालिकाहरुलाई उर्जा थपिदिएका छन् । राष्ट्रीय युवाकलाकारद्वय दिपक ढकाल र टंक तिमिल्सेना कोहलपुर नगरपालिका ११, साझा चोकस्थित नोवेल प्रि–मन्टेश्वरी स्कुलका बालबालिकासँग प्रत्यक्ष भेटेका हुन् । दिपक ढकाल सुब्बा साहेब र लेक साइट नामक नेपाली […]