मुख्य न्यायाधीशबिरुद्ध शाखा अधिकृत सर्वोच्चको शरणमा

२१ माघ २०७५, सोमबार १८:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : उच्च अदालत तुल्सीपुर इजलाश नेपालगञ्जका तीन जना शाखा अधिकृतले मुख्य न्यायाधीश विष्णुदेव पौडेलको हुकुमी शासनका कारण प्रभावकारी रुपमा काम गर्न नसकेको बताएका छन् ।
शाखा अधिकृत बीरेन्द्रप्रकाश खड्का, पुष्पराज जोशी र भुपेन्द्र उपाध्यायले मुख्य न्यायाधीश पौडेलको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतका रजिष्ट्रार समक्ष सरुवाका लागि संयुक्तरुपमा निवेदन दिएका छन् । शाखा अधिकृत खड्काले अनुमान योग्य र स्वचालित सरुवा प्रणाली लागु नहुँदा अदालतका कर्मचारीको मनोवल गिर्दो अवस्थामा भएको बताए ।
कुराकानीका क्रममा उनले मुख्य न्यायाधीश पौडेलले सरकारी सम्पत्तीको दुरुपयोग गरेको बताए । मुख्य न्यायाधीशले आफ्नो सुविधाको गाडी थन्क्याएर कार्यालयको गाडी प्रयोग गरेकोमा आफुहरुले सजग गराएको उनले जिकिर गरे । न्यायाधीशका कारण आफू चार वर्षदेखि उच्च अदालत इजलाश नेपालगञ्जमा काम गर्न बाध्य भएको बताउँदै सरुवाको माग गर्दासमेत सुनुवाई नभएको बताए ।
उनले आफूलाई पायक पर्ने जाजरकोट जिल्ला अदालत, पश्चिम रुकुम वा जिल्ला अदालत गुल्मी जान चाहेको भनी सर्वोच्च अदालतमा सरुवाका लागि निवेदन दिएका छन् । त्यसैगरी, जोशीले डोटी जिल्ला अदालत वा उच्च अदालत दिपायल जान चाहेका छन् ।
उपाध्यायले उच्च अदालत पाटन, विशेष अदालत काठमाण्डौ, सर्वोच्च अदालत काठमाण्डौ, काठमाण्डौ जिल्ला अदालत, फैसला कार्यान्वयन निर्देशनालय, न्याय परिषद् वा उपत्यकामा रहेका विभिन्न न्यायाधिकरणमा सरुवाका लागि माग गरेका छन् ।

Next Post

हुलदंगाले सशस्त्र प्रहरीको ३० नं. गणमा तनाव

२१ माघ २०७५, सोमबार १८:३२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल माग्ने संघले सोमवार विहान सशस्त्र प्रहरी बल नेपाल गण हेड क्वाटर नम्बर ३० बागेश्वरी गणमा विरोध प्रदर्शन गर्यो । विरोध प्रदर्शन नियन्त्रणमा लिन सशस्त्र प्रहरीले बल प्रयोग गरेको छ । सो क्रममा लाठी चार्ज, अश्रुग्याँस, पानीको फोहरासँगै गोली प्रहार समेत भयो । स्थिती नियन्त्रणमा लिनका लागि […]