नेपालगञ्जमा अन्तर्राष्ट्रीय खेलाडी तयार गरिने : मन्त्री बराल

१९ माघ २०७५, शनिबार १८:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले यहाँका खेलाडीलाई अन्तर्राष्ट्रीयस्तरमा पुर्याउन लागि परेको बताएका छन् । नेपालगञ्जमा शनिवार खेलसंग सम्बन्धित एक कार्यक्रममा बोल्दै मन्त्रीले बरालले खेलकुदको विकासका लागि १०९ वटै स्थानीयतहमा खेलकुद मैदान निर्माण गर्न लागिएको जानकारी दिए ।
खेलाडीहरुलाई लक्षित गर्दे रहेका पुराना रङशालाको मर्मत गर्ने कार्यसमेत शुरु गरिएको बताउँदै मन्त्री बरालले प्रदेश सरकारले मुख्यमन्त्री रनिङ्गशिल्ड प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको बताए । खेलकुदको सहयोगले नै नेपाल बिश्व मानचित्र चिनिन सफल भएको भन्दै उनले त्यसकारण पनि खेलाडीको कदर हुनुपर्नेमा जोड दिए ।
प्रदेश सरकारले यस क्षेत्रमा भएका खेलाडीहरुलाई एकै ठाउँमा राखेर सम्मान गर्ने तयारीसमेत गरेको मन्त्री बरालले बताए । उनले खेलाडीहरुलाई आर्थिक समस्याका कारण खेलबाट बञ्चित नहोउन भन्ने उद्देश्यले प्रदेश सरकारले खेलकुदका गतिबिधिलाई प्राथमिकता दिएको दाबी गरे ।

Next Post

सुविसु नेटले ल्यायो ‘भयंकर अफर’

१९ माघ २०७५, शनिबार १८:३३
सदरलाइनडटकम, नेपालगञ्ज : सुविसु केवल नेट प्रालिले भयंकर अफर ल्याएको छ । सुविसुको नेपालगञ्ज शाखा प्रबन्धक रामप्रसाद आचार्यले भयंकर अफरमा ग्राहकका लागि फाईदै फाईदा भएको बताए । जडान सहित मोडियम, वाईफाई राउटर निःशुल्क सुविधा रहेको छ । १५ एमबिपिएस अनलिमिटेड फास्ट प्याक एक महिनाको मात्र भ्याट सहित एकहजार ५०० रुपिया […]