फोरम बाँकेमा विवाद, समिति गठन प्रक्रिया अवरुद्ध

१९ माघ २०७५, शनिबार १७:४४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : संघीय समाजबादी फोरम नेपाल बाँकको नेपालगञ्जमा वडास्तरीय समिति गठन हुने प्रक्रियामा विवाद उत्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ मा समिति गठन गर्न लाग्दा दुई पक्षविच सहमति नहुँदा विवाद उत्पन्न भएको हो ।
गठन प्रक्रियामा स्थानीय अगुवा नेताहरुविच विवाद बढेपछि दुवै पक्षले नाराबाजी गरेका छन् । बिवाद बढेपछि समित गठन कार्य स्थगित भएको छ । अध्यक्षका दावेदार हर्कबहादुर गुरुङले फिरोज खानको क्रियाशिल सदस्यतामा नामसमेत नरहेकोले समितिको अध्यक्षमा रहन नपाउने बताएका छन् । स्थानीय तहको निर्बाचनमा वडा नं. ७ बाट वडा अध्यक्षका प्रतिस्पर्धी गुरुङले अध्यक्षका अर्का दाबेदार फिरोज खानको सदस्यतासमेत फर्जि बनाईएको आरोप लगाएका छन् ।
साथै कसैको पहुँचको आधारमा खानलाई अध्यक्ष बनाईएमा पार्टी भित्रै रहेर आन्दोलन गर्ने र यस्तो कार्यले ७ नं वडा मात्र नभई सवै वडाहरुमा यसले प्रभाव पार्ने गुरुङले बताएका छन् । ५० प्रतिशत क्रियाशिल सदस्यताको फारममा दस्तखत र फोटो नभएकोले फर्जि भएको उनले दाबी गर्दै आएका छन् ।
समिति गठनकै क्रममा यसअघिपनि पनि पटक पटक विवाद हुदै आएको छ । हाल भईरहेका सवै विवादको कारण संघीय समाजबादी फोरम नेपालका जिल्ला अध्यक्ष कमरुद्दीन राई भएको गुरुङले आरोप लगाएका छन् । यता खान पक्षले भने गुरुङ समूहले लगाएको आरोप निराधार रहेको दावी गरेको छ ।

Next Post

स्वर्ण पदक विजेता खेलाडी सम्मानित

१९ माघ २०७५, शनिबार १७:४४
सदरलाइनडटकम, नेपालगञ्ज : मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले ७ औं राष्ट्रीय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई पुरस्कृत गरेको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले ७ औं राष्ट्रीय खेलकुद प्रतियोगितामा गरिएको प्रतिवद्धता अनुसार र ८ औं मा सहभागी खेलाडीको हौसला वृद्धिका लागि नगद पुरस्कारबाट सम्मानित गरिएको […]

सम्बन्धित