घरमा आगलागी हुँदा तीन लाखको क्षति

१९ माघ २०७५, शनिबार १४:५३
 

सदरलाइनडटकम,
दाङ : दाङमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । दाङको राप्ती राप्ति गाउँपालिका वडा नं. १ पाखापानी निवासी काशीराम कुमालको घरमा शुक्रावर राति ९ बजे आगालागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार खरले छाएको घरको भान्साकोठामा बालेको आगोवाट एक्कासी आगलागी भएको हो । आगलागी हुँदा घरम रहेका कुखुरा, अन्नपात, लत्ताकपडा, जिन्सी सामान जलेको प्रहरीले बताएको छ ।
समयमै आगलागी भएको थाहा पाएकाले थप क्षति हुन पाएन । प्रहरी तथा स्थानीयको सहयोगमा रातिनै आगो नियन्त्रणमा लिईएको थियो ।

Next Post

फोरम बाँकेमा विवाद, समिति गठन प्रक्रिया अवरुद्ध

१९ माघ २०७५, शनिबार १४:५३
सदरलाइनडटकम, नेपालगञ्ज : संघीय समाजबादी फोरम नेपाल बाँकको नेपालगञ्जमा वडास्तरीय समिति गठन हुने प्रक्रियामा विवाद उत्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ मा समिति गठन गर्न लाग्दा दुई पक्षविच सहमति नहुँदा विवाद उत्पन्न भएको हो । गठन प्रक्रियामा स्थानीय अगुवा नेताहरुविच विवाद बढेपछि दुवै पक्षले नाराबाजी गरेका छन् […]