तस्कर र सशस्त्र प्रहरीबीच झडप, तीन पक्राउ

१९ माघ २०७५, शनिबार १३:५६
 

सदरलाइनडटकम,
सप्तरी : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा गाँजा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । भारत निकासी हुँदै गरेको गाँजा नियन्त्रण गर्न पुगेको सशस्त्र प्रहरी र तस्करहरूबीच गएराति गोबरगाडामा झडप भएको हो ।
प्रहरी टोलीलाई देखेर तस्करले दुई राउण्ड गोली चलाएपछि प्रहरीले पनि एक राउण्ड हवाई फायर गरेर तीन जना गाँजा तस्करलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल सप्तरीका एसपी खेमबहादुर थापाले बताए । तस्करसहित करीब ४० केजी गाँजा नियन्त्रणमा लिएको थापाले जनाए ।
भारत निकासी हुँदै गरेको गाँजासहित भारतको सुपौल घर भएका ६५ वर्षीय उदय मुखिया, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ का ५६ वर्षीय हिरा मुखिया र ४५ वर्षीय लालबहादुर राय पक्राउ परेका हुन् । घटनामा संलग्न अन्य व्यक्ति फरार रहेका छन् । नियन्त्रणमा लिइएको गाँजा र तस्करलाई नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

Next Post

महोत्सवको गार्डमाथि कुटपीट, गाडीमा तोडफोड

१९ माघ २०७५, शनिबार १३:५६
सदरलाइनडटकम, कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा जारी पाँचौ कोहलपुर औद्योगिक व्यपार कृषि फुडफेष्टिभल तथा पर्यटन महोत्सवको शुरक्षामा खटिएका गार्डमाथि कुटपिट भएको छ । महोत्सवभित्र सञ्चालन गरिएको फुडफेष्टिभलमा खटिएका सुरक्षा गार्ड यमबहादुर बोगटीमाथि कुटपिट भएको हो । महोत्सवभित्र सञ्चालन गरिएको फुडफेष्टिभलमा हरेक दिन बेलुका ६ देखि १० बजेसम्म मदिरा सहितको दोहोरी […]