बाँके शिक्षाले चुम्यो मेयर कपको उपाधी

१८ माघ २०७५, शुक्रबार १७:५९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके जिल्ला फुटबल संघले आयोजना गरेको दोस्रो मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधी बाँके शिक्षाले जीतेको छ । बाँके शिक्षाले आदर्श मावि नेपालगञ्जलाई ट्राइबेकरमा ४–३ गोलले पराजित गर्दै उपाधी जितेको हो । उपाधीमा जित्नुमा बाँके शिक्षाका किपर केशव खत्रीको महत्वपूर्ण भूमिका खेले ।
उनले आदर्शका स्ट्राइकर रोशन बुढामगर र नविन थापाको प्रहार रोकेका थिए । बाँके शिक्षाबाट खेमबहादुर थापा, रामबहादुर वली, अमित शाही र पूर्णसिंह थापाले गोल गरेका थिए । रविन्द थापामगरको प्रहार भने आदर्शका किपर डेविट केसीले रोकेका थिए । आदर्शबाट साहस दर्लामी, विकास नेपाली र यगराज शाही शाहीले गोल गरेका थिए । निर्धारित समयमा दुवै टोलीले दुई÷दुई गोलको बराबरी खेलेका थिए ।
२७ मिनेटमा बाँके शिक्षाका अमित शाहीले गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । गोल खाएपछि सेन्टरबाट बल चल्ने बित्तिकै अगाडि लगेर एक मिनेटमै आदर्शका रोशन बुढामगरले गोल गरिदिएपछि खेल बराबरीमा आएको थियो । फेरि खेलमा अग्रता बाँके शिक्षाले नै लियो । ३७ मिनेटमा पूर्णसिंह थापाले गोल गरेर टोलीलाई अग्रता दिलाए । प्रतिस्पर्धात्मक खेलको ५७ मिनेटमा डीएरिया नजिक पाएको फ्रिकिकको फाइदा उठाउदै आदर्श खेलमा फर्किएको थियो ।
आदर्शका विकास नेपालीले डीएरिया बाहिरबाट प्रहार गरेको फ्रिकिक बाँके शिक्षाका किपर केशव खत्रीको हातमा छुदै पोष्टमा छिरेको थियो । त्यसपछि भने गोल हुन सकेन । दुवै टोलीले राम्रा राम्रा अवसर भने सिर्जना गरेका थिए । निर्धारित समयमा दुई÷दुई गोल भएपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थियो । जसको फाइदा बाँके शिक्षाले उठायो । र, उपाधी आफ्नो कब्जामा पार्यो ।
प्रतियोगिताका विजेता, उपविजेता टीम र खेलाडीलाई नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा, उपमेयर उमा थापा, ५ नम्बर खेलकुद विकास समितिका अध्यक्ष भीम वली, राखेपका सदस्य विनोद मैनाली, बाँके शिक्षा जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही र नगरका विभिन्न वडाका अध्यक्षहरुले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए । मेयर राणाले अब छात्रा फुटबल गराउनु पर्नेमा जोड दिए ।

Next Post

चौथो शिव साधना शिविर नेपालगञ्जमा हुने

१८ माघ २०७५, शुक्रबार १७:५९
सदरलाइनडटकम, नेपालगञ्ज : फागुन १६ गतेदेखि नेपालगञ्जमा ५ दिने विशेष चौथो शिव साधना शिविर सञ्चालन हुने भएको छ । पिण्डेश्वर शिवलक्ष्मी धाम तुल्सीपुर र चौथो शिव साधना आयोजक समिति नेपालगञ्जद्धारा उक्त शिविर सञ्चालन हुने भएको हो । नेपालगञ्ज–१० भृकुटीनगरमा हुने शिविरमा सवा करोड बत्ती बाल्ने, साधना गर्ने, स्वास्थ्य उपचार गर्नेलगायतका […]