निशानले दर्शकलाई छमछमी नचाए

१७ माघ २०७५, बिहीबार २१:५८
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा जारी कोहलपुर उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ कोहलपुरकोे संयुक्त आयोजनामा सुरु भएको ‘पाँचौं कोहलपुर औद्योगिक, व्यापार, कृषि, फुडफेस्टिभल तथा पर्यटन महोत्सव २०७५’ को बिहीबार नेपाल आईडलका सेशन एकका द्वितीय निशान भटराईले दर्शकहरुलाई नचाएका छन् ।
उनले आमा भन्दा छोरी तरुनी, पछि उमेर ढल्कीन्छ कालै पल्किन्छ, लैजाऊ मंसिर महिनामा लगायतका गीतहरु गाउँदा उपस्थित दर्शकहरु छमछम नचेका थिए ।
गायक जीवन दाहालले राष्ट्यिता साट्दैनौ विदेशीको तेलसँग, नूनसँग, जाम त भने भत्केको पुल छ नजाम भने त्यही राम्रो फुल फुलेको छ, आउन माया सरर हातमा रुमाल हलाउँदै फरर लगायतका गीतहरु प्रस्तुत गर्दा उपस्थित दर्शकहरु रमाएका थिए । त्यस्तै बिहीबार नै लोक गायिका सपना शाहीले मेची नछोड अनि काली नछोड, तिम्रो हेराई ज्यानमारा, मलाई मन पर्यो दैलेखी ठिटो, पहिलो भेट्मा देउ चिनो रुमाल र गरिबका पेट भोको लगायतका गीतहरु गाएर दर्शकहरुलाई मनोरञ्जन दिएकी थिईन् । त्यस्तै गायिका भावना आचार्यले भैगो भैगो तिमिसँग पिरम नलगाउने, माया बस्यो फेरी लगायतका गीतहरु गाएकी थिईन् ।
फुडफेस्टिभल बन्यो सबैको रोजाई
बाँकेको कोहलपुर जारी महोत्सवमा फुडफेस्टिभल प्रमुख आकर्षणको रोजाई बनेको छ । साँझ ६ बजेदेखि १० बजेसम्म सञ्चालन गरिएको फुडफेस्टिभलमा परिवारसहित आईरहेको महोत्सव मुल समारोह समितिका सह–संयोजक बलाराम शर्माले बताएका छन् । उनका अनुसार फुडफेस्टिभलमा विभिन्न खाना र नास्ताका परिकारसँगै ग्राहकको रोजाईमा दोहोरी गीत, गजल लगायतका साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिरहेको बताएका छन् । फुडफेस्टिभलमा १० वटा स्टार स्तरका स्टलहरु रहेका छन् । दैनिक जसो पाँच सय भन्दा बढि आउने गरेको उनले बताएका छन् । महोत्सवमा पश्चिम नेपालकै पहिलो पटक आयोजना गरिएको फुडफेस्टिभलको आकर्षण दिनप्रति दिन बढ्दै गएको सह–संयोजक भट्टराईले बताएका छन् ।
कमल खत्री शुक्रबार आउने
त्यस्तै महोत्सवको पाँचौं दिन शुक्रबार राष्ट्यि कलाकार कमल खत्री, राजनराज सिबकोटी, आरुसी मगर, असल्मी मगर, कला संस्कृति उप समिति सहसंयोजक खेमराज शर्माले बताएका छन् ।
‘कोहलपुर शहर हाम्रो शान, व्यवसायिक प्रवद्र्वन हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सव आगामी २५ गतेसम्म संचालन हुने छ ।
महोत्सवमा विभिन्न जातीय खाना, बाल उद्यान, कृषि वन तथा उद्योग र पर्यटनलाई प्रवद्र्वन गर्न स्थानीय तथा स्वदेशी उत्पादनका विभिन्न स्टल, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती आकर्षणको रुपमा रहेको कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले बताएका छन् ।

Next Post

पुष्पलालचोककोे होटल माछापुच्छ्रेबाट १० जना जुवाडे नियन्त्रणमा

१७ माघ २०७५, बिहीबार २१:५८
सदरलाइनडटकम, नेपालगञ्ज  :  नेपाल प्रहरीको प्रदेश नं. ५ को विषेश अनुसंधान व्यूरो र वडा प्रहरी कार्यालयको संयुत्त टोलीले बिहिबार नेपालगञ्जको पुष्पलालचोकमा रहेको होटल माछापुच्छ्रेमा छापा मारी १० जना जुवाडेलाई जुवा खेल्दै गरेको अवस्थामा २ लाख ७२ हजार रुपैया समेत नियन्त्रणमा लिएको छ । व्यूरोका ईन्चार्ज प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा […]