कर्मचारी अभावमा मोही बाँडफाँटमा समस्या

१७ माघ २०७५, बिहीबार १५:००
 

सदरलाइनडटकम,
नेपालगञ्ज : भूमिसुधार तथा मालपोत कार्यालय बाँकेमा जग्गा बाँडफाँडका लागि परेको निवेदनको सनाखत भईरहेको छ । पछिल्लो एकमहिनाको अवधीमा ३ सय ६८ जना मोही किसानले निवेदन दिएका छन् ।
यसअघि मोही बाँडफाँडका दुई हजार ९२ निवेदनसहित मोही बाँडफाँडका दुई हजार ४६० निवेदन परेका छन् । कार्यालय प्रमुख प्रेम दौल्यालका अनुसार पुराना मोही बाँडफाँडका निवेदनमध्ये कतिपय समाधान भईसकेका छन् । पछिल्लो पटक पुष १६ देखि माघ १५ गतेसम्म मोही बाँडफाँटका लागि निवेदन दिने समयसीमा तोकिएको थियो । त्यसमाथि सरकारले २०७६ भदौं ५ गतेभित्र निवेदन समाधान गरिसक्नुपर्ने समयसीमा समेत दिएको छ ।
मोही बाँडफाँडको निवेदन परेपछि प्रतिवादी जग्गाधनीको नाममा म्याद तामेल गर्नुपर्ने हुन्छ । तर एकजना मात्रै तामेलदार त्यो पनि करारमा नियुक्त गरिएको कार्यालय प्रमुख दौल्यालले जानकारी दिए ।

Next Post

बुद्धिमानलाई अरुणोदय माविद्वारा सहयोग

१७ माघ २०७५, बिहीबार १५:००
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरामा रहेको अरुणोदय माध्यमिक विद्यालयले स्मार्ट चिल्ड्रेन स्मार्ट विद्यालय विषयमा अभिभावकहरु सँग अभिमुखिकरण गरेको छ । विद्यालयले अभिभावकसँग अभिमुखिकरण गर्दे आई टि, इन्फरमेशन टेक्नोलोजी, म्यासेजमार्फत अभिभावकलाई जानकारी गराउने कार्य अगाडि बढाएको विद्यालयका प्रध्यानाध्यापक ऋषिकेश जिसीले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सतिश निरौलाले विद्यालयको […]