होटल व्यावसायी संघ बाँकेमा कंडेलको प्यानलै विजयी

१६ माघ २०७५, बुधबार २३:५९
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : होटल व्यवसायी संघ बाँकेको अध्यक्षमा भिमलाल कंडेलले १७८ मतको अन्तरले बिजयी भएका छन् । नयाँ कार्यकालका लागि उनी सहित उनको प्यानल नै निर्वाचित भएको हो ।
नयाँ नेतृत्वका लागि बुधबार भएको निर्बाचनमा कंडेलको प्यानलनै विजय भएको निर्वाचन समितिका बसन्त गौतमले जानकारी दिए । नयाँ कार्यसमितिको लागि कंडेलको नेतृत्वमा नेकपा निकट व्यावसायी निर्वाचनमा उत्रिदा ग्राण्डनको नेतृत्वमा नेपाली कांग्रेस निकट व्यावसायी निर्वाचन लडेका थिए ।
अध्यक्षमा कंडेलले ३५६ मत ल्याउदा उनको निकटतम प्रतिद्वन्दी उमा ग्रण्डन डाँगीले १७८ मत प्राप्त गरेकी थिईन । यसैगरी बरिष्ठ उपाध्यक्षमा रामबहादुर लिम्बुले २७२ मत ल्याई बिजयी भए उनका निकटतम प्रतिद्वन्दी प्रेम बहादुर खत्रीले २१९मत पाए ।
उपाध्यक्षमा टेकनारायण सापकोटाले ३१८ मत ल्याई विजय हुँदा उनका निकटतम प्रत्यासी गोपाल गिरीले २०३ मतमै चित्त बुझाउनु परयो । महासचिवमा रंगबहादुर खड्काले ३३५ मतका साथ विजयी भए भने प्रत्यासी घनश्याम थापा क्षेत्रीले १८६मत पाए ।
सचिवमा प्रेमबहादुर शाहले ३४४ मतले विजयी भए भने निकटतम प्रतिद्वन्दी रतन बुढा क्षेत्रीले १८० मत पाए । कोषाध्यक्षमा टिकाराम खनालले ३४६मत ल्याई विजयी हुँदा निकटतम प्रतिद्वन्दी रबिन्द्र लामिछानेले १७१मै सिमित भएका थिए । यसैगरी सह कोषाध्यक्षमा राजकुमार विकले ३२४ मत ल्याई विजयी भए भने उनको निकटतम प्रतिद्वन्दी जुनादेवि कंडेलले १९१ मत ल्याएकी थिईन ।
यसैगरी सदस्यहरुमा लक्ष्मीराज शाही ३४५, एकराज पाण्डे ३०९, केशव कँवर योगी २९६ विजयी भए भने निकटतम प्रतिद्वन्दी कर्णबहादुर शाहीले २०२, बालकृष्ण खड्का १७६, राम लखन बैष्य १५७ मत ल्याएका थिए ।
यसैगरी महिला सदस्यहरुमा दुर्गा बम ३०४, निर्मलादेवि सेजुवाल २५९ मत ल्याई विजयी हँदा निकटतम प्रतिद्वन्दी कल्पना तामाङ्गले १८१ र अनिता लामाले १६५ मत पाएका थिए । बुधबार बिहानदेखि भएको मतदानमा ५७१ मत खसेकोमा १० बदर मत रहेको थियो भने जम्मा ६६१ मतदाता रहेका थिए ।

Next Post

प्रथम नरैनापुर दौड–२०७५ को तयारी अन्तिम चरणमा

१६ माघ २०७५, बुधबार २३:५९
सदरलाइनडटकम, नेपालगञ्ज   :  प्रथम नरैनापुर दौड–२०७५को तयारी अन्तिम चरणमा पुगेको छ । बाँकेको विकट क्षेत्र मानिएको नरैनापुरमा सुशासन, समृद्धि र विकासका लागि नरैनापुर गाउँपालिकाको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सडक र बत्तीसंगै आवश्यक पुर्बाधारको अभावमा सो क्षेत्रको विकासको लागि दौडको आयोजना गर्न लागेको हो । नरैनापुर गाउँपालिकाका अध्यक्ष […]