आदर्श र बाँके शिक्षा मेयरकपको फाइनलमा प्रवेश

१६ माघ २०७५, बुधबार १८:३८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके जिल्ला फुटबल संघले आयोजना गरेको मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधिका लागि आदर्श मावि नेपालगञ्ज र बाँके शिक्षा भिड्ने भएका छन् । आदर्श मावि डिफेन्डिङ च्याम्पियन जिभिएनलाई ४–१ गोलले पाखा लगाउँदै फाइनलमा पुगेको हो ।
आदर्शबाट रोशन बुढामगरले दुई र अतित बस्नेतले एक गोल गरेका थिए भने एक गोल जिभिएनका रमेश बुढाले आत्मघाती गरेका थिए । जिभिएनबाट क्षितिज थापामगरले एक गोल फर्काएका थिए । क्षितिज किपर हुन् । उनले मध्यान्तरपछिको खेल हुने क्रममा सेन्टरबाट हानेको बलले जाली चुमेको थियो ।
आदर्शका किपर डेविड केसीले टाढाबाट आएको बललाई नियन्त्रण गर्न नसक्दा आदर्शले एक गोल खाएको थियो । आदर्शले जिभिएनलाई दबाब बढाइरहेको थियो । जिभिएनका किपर क्षितिजले राम्रो प्रदर्शन गरे ।
बाँके शिक्षा पनि जनज्योती पब्लिकलाई ३–१ गोलले हराउदै फाइनल यात्रा तय गर्यो । बाँके शिक्षाबाट सुजल रानामगरले दुई र विरु योगीले एक गोल गरेका थिए । जनज्योतीबाट ईश्वर जीएमले एक गोल गरे । मेयरको कपको फाइनल १८ गते शुक्रबार हुने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो ।

Next Post

होटल व्यावसायी संघ बाँकेमा कंडेलको प्यानलै विजयी

१६ माघ २०७५, बुधबार १८:३८
सदरलाइनडटकम, नेपालगञ्ज  : होटल व्यवसायी संघ बाँकेको अध्यक्षमा भिमलाल कंडेलले १७८ मतको अन्तरले बिजयी भएका छन् । नयाँ कार्यकालका लागि उनी सहित उनको प्यानल नै निर्वाचित भएको हो । नयाँ नेतृत्वका लागि बुधबार भएको निर्बाचनमा कंडेलको प्यानलनै विजय भएको निर्वाचन समितिका बसन्त गौतमले जानकारी दिए । नयाँ कार्यसमितिको लागि कंडेलको […]

सम्बन्धित