नेपालगञ्ज १ मा वडास्तरीय खेलकुद हुँदै

१६ माघ २०७५, बुधबार १७:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा बुधवारदेखि खेलकुद प्रतियोगिता शुरु भएको छ । शहिद दिवसको अवसरमा आयोजित ब्याडमिण्टन प्रतियोगिताको नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणा, उपमेयर उमा थापा, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल र वडा नम्बर १८ का अध्यक्ष दिपक बर्माले उद्घाटन गरे ।
१९ गतेसम्म हुने प्रतियोगितामा मैत्रीपुर्ण फूटबल, महिला कुस्ती र घैटोफोड खेल हुने वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले जानकारी दिए ।

Next Post

ब्रिटिस बोर्डिङ हाई स्कुलले मनायो बार्षिकोत्सव

१६ माघ २०७५, बुधबार १७:३२
सदरलाइनडटकम, नेपालगञ्ज : ब्रिटिस बोर्डिङ हाई स्कुलले बुधवार १३ औँ बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवका अवसरमा विद्याथीहरुले विभिन्न प्रस्तुति गरेका थिए भने विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । स्कुलका संस्थापक प्रधानाध्यापक निरज शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मनप्रसाद रेग्मीले विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान नै ठुलो कुरा भएको […]