श्रीमती बलात्कार गरेको आरोपमा एक पक्राउ

१५ माघ २०७५, मंगलवार १८:३१
 


सदरलाइनडटकम,
काठमाण्डौ : पत्नीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भक्तपुरमा एक जना पक्राउ परेका छन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिका ९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई श्रीमती बलात्कार गरेको आरोपमा प्रहरीले पक्राऊ गरेको हो ।
श्रीमतीको इच्छा विपरीत जबरजस्ती बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले खड्कालाई पक्राउ गरी वैवाहिक बलात्कार ऐनअन्तर्गत मुद्दा चलाएको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए ।
३७ वर्षीया श्रीमतीले आफूलाई माघ ४ गते श्रीमानले जबरजस्ती बलात्कार गरेको भन्दै माघ ६ गते प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीमा उजुरी आएपछि खड्कालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक केसीले बताए । प्रहरीले पीडित महिलाको माघ ६ गते नै प्रसूति गृह थापाथलीमा स्वास्थ्य परीक्षण गराएको थियो ।

Next Post

प्रदेशमा छुट्टै अनुसंधान ब्यूरो सक्रिय : डिआईजी अधिकारी

१५ माघ २०७५, मंगलवार १८:३१
सदरलाइनडटकम ,  नेपालगञ्ज  : पाँच नंम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले प्रदेशमा सुरक्षालगायतका विषयमा विषयविज्ञ सम्मिलित १२ जनाको छुट्टै विशेष अनुसन्धान व्युरो बनाएर काम गरि रहेको बताएका छन् । प्रदेश प्रहरी तुलसीपुर दाङले मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी सो कुरा बताउदै जानकारी गरएका हुन । ‘ठूला, जघन्य, […]

सम्बन्धित