भारत आज ७०औँ गणतन्त्र दिवस मनाउँदै

१२ माघ २०७५, शनिबार १४:३८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : मित्रराष्ट्र भारतले शनिवार आफ्नो ७० औं गणतन्त्र दिवस मनाइ रहेको छ । हरेक वर्ष २६ जनवरीलाई भारतले गणतन्त्र दिवसको रुपमा मनाउँदै आएको छ । सन् १९५० जनवरी २६ मा भारतको संविधान लागू भएको थियो ।
ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौम अधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा भारतभरी तथा उसका दूताबास भएका देशमा समेत यो दिवस मनाउने गरेको छ । गणतन्त्र दिवसको अवसरमा नेपालस्थित भारतीय दूतावासले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । भारतले नेपालमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।
त्यस्तै बाँकेको कोहलपुरमा पनि नेपाल भारत मैत्री संघ कोहलपुर उप शाखाले भारतको ७० औं गणतन्त्र दिवसमा बिभिन्न कार्यक्रम गरेको छ । कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान पुर्याएका ब्यक्तिलाई सम्मान गरिएको छ । शिक्षा क्षत्रमा योगदान पुर्याएका हरी बहादुर रावत र खेलकूद क्षत्रमा योगदान दिएका नेपाली क्रिकेटका पूर्ब कप्तान लेखबहादुर क्षेत्रीलाई सम्मानित गरिएको छ ।


नेपालले दियो मित्र राष्ट्रलाई शुभकामना
भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शनिवार एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।
त्यसैगरी उपपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना भारतीय समकक्षी एम भिनकाइ नाइडुलाई सन्देश पठाउँदै गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गरे । यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि शुभकामना सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र प्रधानमन्त्री ओलीले आ–आफ्ना समकक्षीलाई बेग्लाबेग्लै पठाएको शुभकामना सन्देशमा भारतका राष्ट्रपति कोविन्द, उपराष्ट्रपति नाइडु र प्रधानमन्त्री मोदीको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै भारतका जनताको निरन्तर प्रगतिको कामना गरेका छन् ।

Next Post

नेकपा निकट आदीबासी जनजातीको माघी मिलन

१२ माघ २०७५, शनिबार १४:३८
सदरलाइनडटकम, नेपालगञ्ज  : नेकपा बाँके निकट नेपाल आदीबासी जनजाती नेकपा संयुक्त बाँकेले नेपालगञ्जमा शनिबार आयोजना गरेको माघ मिलन कार्यक्रममा आफ्नो पहिचान र संस्कृतिको परम्परागत पोषाकमा र्याली सहित सहभागि भएका छन् । प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार मन्त्री बैजानाथ चौधरीले उद्घाटन गरेको सो कार्यक्रममा थारु समुदायको कला र संस्कृति र […]

सम्बन्धित