एक दिनको झरीमै नेपालगञ्ज जलमग्न

११ माघ २०७५, शुक्रबार १८:०१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा शुुुक्रवार परेको पानीले नगरका विभिन्न स्थान जलमग्न भएका छन् । मेघगर्जनसहित भएको बर्षाले नेपालगञ्जका न्यूरोड, सुर्खेत रोड, घरबारीटोल, सल्यानीबंगला, सेतुबिक चोक, धम्बोझी, बागेश्वरी मन्दिरलगायतका क्षेत्र जलमग्न भएका हुन् ।
सडक नै जलमग्न हुँदा सवारी साधान चलाउन र हिँडडुल गर्न कठिनाई भएको छ । सडक विस्तार र नाला निर्माणको काम अधिकांश ठाउँमा भएपनि कही घण्टाको झरीले डुबान हुँदा नगरबासी चिन्तित बनेका छन् । स्थानीयहरुले अफुहरुकोे समस्या बुझिदिन मेयर डा. धवल शम्शेर राणासँग आग्रहसमेत गरेका छन् ।
हालै मात्र नेपालगञ्ज उपमहानगरपालिकाले एडिबिको आर्थिक सहयोगमा नगर डुवानको समस्या समाधान गर्न सडक फराकिलो पारी पानी र ढल निकासका लागि ठूला र चौडा नाला बनाइनुका साथै नयाँ नाला निर्माण गर्दासमेत समस्या याथवतनै रहेपछि नगरबासी अचम्ममा परेका छन् ।

Next Post

दोस्रो मेयर कप रनिङ्ग शिल्ड आजदेखि शुरु

११ माघ २०७५, शुक्रबार १८:०१
सदरलाइनडटकम, कोहलपुर (बाँके) : दोस्रो अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ को शुक्रवार कोहलपुरमा उद्घाटन गरिएको छ । कोहलपुर नगरपालिकाको आयोजना र शिक्षा, यूवा तथा खेलकुद शाखाको सांलन तथा व्यवस्थापनमा शुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराले गरेका थिए । कार्यक्रममा […]

सम्बन्धित