नेपालगञ्जका औषधि पसलको अनुगमन

१० माघ २०७५, बिहीबार १८:३५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत गठित बजार अनुगमन टोलीले बिहीवार औषधि पसलहरुमा अनुगमन गरेको छ । उपमेयर उमा थापा मगरको संयोजकत्वमा जिल्लाका सरोकारवाला निकाय सम्मिलित उपभोक्ता हकहित सरंक्षण समितिअन्तर्गतको बजार अनुगमन टोलीले नेपालगञ्ज मेडिकल कलेज वरपरका तीन वटा औषधि पसलमा अनुगमन गरेको हो ।
रामलिला मेडिकल हल, सिटी फार्मेसी र सिद्धिविनायक फर्मास्युटिकल्स प्रालि फर्मा डिभिजनमा अनुगमन गरिएको हो । औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जका प्रमुख निनु श्रेष्ठका अनुसार रामलिला मेडिकलमा अभिलेख राख्ने तरिका नियम अनुसार नमिलेकाले त्यसलाई भोलिसम्ममा मिलाएर पेश गर्न निर्देशन दिइएको छ ।
त्यस्तै सिटी फार्मेसीमा सञ्चालक नभेटिएको र कमर्श पढेका व्यक्ति मेडिकलमा बसेकाले मेडिकल सञ्चालक स्वयम् औषधि व्यवस्था विभागको नेपालगञ्ज कार्यालयमा उपस्थित नहुँदासम्म मेडिकल बन्द गराइएको श्रेष्ठले बताइन् । सिद्धिविनायक औषधिको थोक विक्रेता भएकाले औाषधिको गुणस्तर जाँचका लागि २ वटा औषधि नमुनाको रुपमा लिइएको र त्यसलाई औषधि व्यवस्था विभाग केन्द्रिय कार्यालयमा पठाइने श्रेष्ठले जानकारी दिइन् ।
अनुगमन टोलीमा उपमहानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत शरदकुमार पौडेल, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा लक्ष्मीप्रसाद शर्मा, औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जका प्रमुख श्रेष्ठ, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रामबहादुर चन्द र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी सहायक निरीक्षक गणेश विष्ट सहभागी थिए ।

Next Post

नीलसागरलाई वाणिज्य बैंकका कर्मचारीको नगद सहयोग

१० माघ २०७५, बिहीबार १८:३५
सदरलाइनडटकम, नेपालगञ्ज  :  राष्ट्रिय वाणिज्य बैंकको ५४औं वार्षिकोत्सवका अवसरमा बैंकका कर्मचारीहरुले नेपालगञ्जको एक वृद्धाश्रम तथा असाहे केन्द्रलाई करिव दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । नेपालञ्जको नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रको व्यवस्थापनमा सहयोग पुराउने उद्देश्यले बैंकका क्षेत्रीय र तीनवटा शाखा कार्यालयमा कार्यरत कर्मचारीले बैंकको वार्षिकोत्सव मनाउने […]