नेपालगञ्जमा आजदेखि घुम्ती शौचालय सञ्चालनमा ल्याईदै

९ माघ २०७५, बुधबार ०७:१९
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्ज उप–महानगरले बजार क्षेत्रमा आउने सर्वसाधारणका लागि लक्षित गर्दै सार्वजनिक घुम्ती शौचालय बुधबार (आज) देखि सञ्चालन ल्याउने तयारी गरेको छ । अहिले ९ बजे औपचारिक रुपमा उप–महानगरका प्रमुख डा धवल शम्शेर राणाले उद्घाटन गरी सञ्चालनमा ल्याउने तयारी भएको उप–महानगरले जनाएको छ ।
पश्चिम नेपालको व्यस्त शहर नेपालगञ्जमा पर्याप्त सार्वजनिक शौचालयको नहुँदा स्थानीय, आगन्तुक र पैदल यात्रुले शौच लागेमा सकस र सास्ती खेप्दै आएको जनगुनासो बढ्दै गरेको बेलामा उप–महानगरले घुम्ती शौचालय सञ्चालन गर्ने भएपछि सार्वजनिक शौचालयको समस्या हट्ने उपमहानगररका प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेलले जानकारी दिए ।
उनले नेपालगञ्ज उप–महानगर क्षेत्रमा सार्वजनिक शैचालयको अभावको कारण नगरको सरसफाई अभियान समेत प्रभावित भएको जनगुनासो आएको बेला सञ्चालनमा आउने घुम्ती शौचालयले धेरै भन्दा धेरै समस्या समाधान हुने धारणा राखे । उनले घुम्ति शौचालय सञ्चालनको खर्चको लागि उपभोक्तासंगै उपभोग गरे बापत केही शुल्क लिने जानकारी समेत दिए ।
नेपालगञ्ज उप–महानगरपालिकाले रु.५९ लाखको लागतमा चार वटा घुम्ती शौचालय ल्याएसँगै सार्वजनिक शौचालयको समस्या हट्ने उप–महानगरका सूचना अधिकारी शरद पौडेलले बताए । उनले यसको सञ्चालनको लागि गुलरिया बसपार्क, पुष्पलाल चोक, गणेशमान चोक र त्रीभुवन चोकमा राखिने निर्णय भएको जानकारी दिए ।
उनले सार्वजनिक शौचालय नभएका तथा भारी मात्रामा यात्रु तथा मानिसको भीड हुने क्षेत्रमा घुम्ती शौचालय राखिने प्रारम्भिक योजना अनुसार राख्न लागेका बताए । ‘अहिले यी शौचालयको व्यवस्थित तवरले प्रयोगमा ल्याईने र पछि आवश्यकता अनुसार शौचालयको समस्यालाई व्यवस्थित ढंगले समाधान गर्न आवश्यकता हेरेर उप–महानगरको थप शौचालय खरिद गर्ने योजना रहेको छ,’ सूचना अधिकारी पौडेलले भने ।
सार्वजनिक शौचालय नहुँदा असहजता व्यहोर्दै किनमेल गर्न आउने र यात्रा गर्ने यात्रुहरुका लागि घुम्ती शौचालय प्रभावकारी हुने देखिएको छ । सार्वजनीक शौचालय नहुँदा दिसापिसाव गर्ने समस्याको अन्त्य गर्न नेपालगञ्जमा पहिलो पटक घुम्ती शौचालय सञ्चालनमा ल्याउन लागिएको हो ।
ट्याक्टरमा जडान गरेर घुम्ती शौचालय एक ठाउँबाट अर्को ठाउँमा सजिलै लैजान सकिन्छ । मानिसहरुको भीड भएका बेला शौचालयको अभावमा खुला ठाउँमा सौच गर्नुपर्ने बाध्यता हट्ने सूचना अधिकारी पौडेलले बताए । शौचालयबाट संकलित मलमुत्रलाई प्राङगारीक मल बनाएर प्रयोग गरिने उप–महानगरको योजना रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए ।
यसैबीच सो घुम्ती शौचालयको नेपालगञ्ज उप–महानगरका प्रमुख डा.धवल शम्शेर राणाले बुधबार उद्घाटन गरी सञ्चालनमा ल्याउने तयारी भएको उप–महानगरपालिकाले जनाएको छ ।

Next Post

हुम्लामा हिउँमा चिप्लेटी

९ माघ २०७५, बुधबार ०७:१९
हुम्ला,  : हुम्लामा पहिलो पटक स्किङ्ग ९चिप्लेटी० शुरु भएको छ । स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा चिप्लेटी सञ्चालन गरेका हुन् । हुम्ला सांस्कृतिक तथा पर्यटन पवद्र्धन युवा सञ्जाल तथा ‘स्कि स्नोबोडिङ फाउण्डेशन नेपाल’को सहकार्यमा चप्लेटी सञ्चालन गरिएको सञ्जालका अध्यक्ष अविनाश लामाले बताउनुभयो । “हिउँमा चिप्लेटी खेल्ने सामग्री एक हप्ता अगाडि नै […]