मालपोतबाट ५० हजारसहित ठाकुर परे अख्तियारको फन्दामा

८ माघ २०७५, मंगलवार १७:५८
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : अख्तियार दुरुपयोग अनुसंन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटेको टोलीले मंगलबार दिउसो जिल्ला मालपोत कार्यालय नेपालगञ्जबाट एकजना कर्मचारीलाई ५० हजार घुससहित रंङ्गेहात नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसंन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जका कार्यालय प्रमुख गणेश गैरेले दिएको जानकारी अनुसार जिल्ला मालपोत कार्यालय बाँकेका खरदार सञ्जयकुमार ठाकुरका साथबाट सेवाग्राहीको काम गरिदिने भन्दै लिएको ५० हजार घुससहित मंगलबार साँझ ४ बजे नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । विस्तृत विबरण आउन बाँकी

Next Post

मेयर कपमा आदर्श र एबीसी विजयी

८ माघ २०७५, मंगलवार १७:५८
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके जिल्ला फुटबल संघले आयोजना गरेको मेयर कप अन्तर स्कूल फुटबल प्रतियोगितामा आदर्श मावि नेपालगञ्ज र एबीसी रेसिडेन्टल विजयी भएका छन् । मंगलवारका दुवै खेल एकतर्फी भएको छ । पहिलो खेलमा आदर्शले स्टार फ्यूचरलाई ५–० गोलले पाखा लगायो । आदर्शका तर्फबाट विकास नेपालीले दुई, रोशन बुढामगर र […]