मेयर कपमा मोडेल र ज्ञानज्योति विजयी

७ माघ २०७५, सोमबार १८:२५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको धम्बोझीस्थित ग्रासरुट फुटबल मैदानमा सञ्चालन भइरहेको मेयर कप अन्तर मावि÷निमावि छात्र फुटबल प्रतियोगितामा नेपालगञ्ज मोडेल र ज्ञानज्योति मावि चप्परगौडी विजयी भएका छन् ।
सोमबार भएको पहिलो खेलमा नेपालगञ्ज मोडेलले भुपु सैनिकलाई ४–० गोलले पराजित ग¥यो । मोडेलका किस्मत सुनारले चारै गोल गरेका थिए । शुरुवातीदेखि नै दबाबमा राखेको मोडेलले मध्यान्तर अघि तीन गोल गरेको थियो । मध्यान्तर अघि नै ह्याट्रिक गरेका किस्मतले पछि एक गोल थपेका थिए । पछिल्लो गोल भने उनले पेनाल्टीमा गरेका थिए । भुपुका सैनिकका खेलाडीले डीएरियाभित्र ह्याण्ड गरेपछि मोडेलले पेनाल्टी पाएको थियो ।
खेल शुरु भएको केही मिनेटमै पहिलो रोजाईको किपर घाइते भएर मैदान छोडेपछि भुपु सैनिक दबाबमा परेको थियो ।
दोस्रो खेलमा ज्ञानज्योति मावि चप्परगौडीले जीत निकाल्यो । उसले जुनियर आइस्टाइनलाई ट्राइबेकरमा पराजित गरेको हो । यी दुईका बीचमा निर्धारित समयमा एक÷एक गोल भएको थियो । निर्धारित समयमा जुनियर आइस्टाइनका अशोककुमार कुमालले गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । त्यो अग्रता जोगाउन नसक्दा टोली पराजित हुन पुग्यो । ज्ञानज्योतिका तर्फबाट विशाल घर्तिमगरले गोल फर्काएका थिए । त्यसपछि कुनै पनि गोल हुन सकेन र खेलको निर्णय ट्राइबेकरबाट लिइयो ।
ट्राइबेकरमा ज्ञानज्योतिका किपर आशिष विक हिरो भएपछि टोलीले जीत निकालेको थियो । किपर आशिषले दुई वटा बचाउ गरेका थिए । ट्राइबेकरमा ज्ञानज्योति ४–२ गोलले विजयी भयो ।
२४ वटा स्कूलले सहभागिता जनाएको मेयर कपमा मंगलबार स्टार फ्यूचरविरुद्ध आदर्श मावि नेपालगञ्ज र पशुपति मावि राँझविरुद्ध एबीसी रेसिडेन्टल स्कूल प्रतिस्पर्धा हुने बाँके जिल्ला फुटबल संघले जनाएको छ ।

Next Post

कान्ति आरोग्यमा बालबालिकाको निःशुल्क स्वास्थ्य परिक्षण

७ माघ २०७५, सोमबार १८:२५
सदरलाइनडटकम, नेपालगञ्ज : बालबालिका र चिकित्सकको सम्बन्धमा प्रगाढ बनाउनको लागि नेपालगञ्जको सुर्खेतरोडमा रहेको कान्ति आरोग्य क्लिनिकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत कक्षा १ र २ मा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी बालबालिकाको निशुल्क स्वास्थ्य जाँचसंगै खुसी बाँड्ने कार्यक्रम सुरु गरेको छ । कान्ति आरोग्य क्लिनिकका सञ्चालकसहित रहकी नेपालगञ्ज मेडिकल कलेज शिक्षण […]