आज चन्द्रग्रहण, नेपालका सबै स्थानबाट देख्न सकिने

७ माघ २०७५, सोमबार १६:२४
 

सदरलाइनडटकम,
काठमाण्डौ : सन् २०१९ को पहिलो चन्द्रग्रहण आज (सोमवार) लाग्दैछ । नेपालसहित विश्वका विभिन्न भू–भागबाट चन्द्रग्रहणको अवलोकन गर्न सकिने खगोलविद्हरुले बताएका छन् । वर्षा, कुहिरो तथा बादलका कारण भने चन्द्रग्रहण अवलोकनमा समस्या पर्नसक्ने बताइएको छ ।
चन्द्रग्रहण आज राति ९ बजेर १८ मिनट ५४ सेकेण्डबाट शुरु भई मध्यरात १२ बजेर ३५ मिनट ३९ सेकेण्डसम्म रहने छ । ३ घण्टाभन्दा बढी समय लाग्ने ग्रहण नेपालसहित मध्यपूर्व, उत्तर र दक्षिण अमेरिका, युरोप तथा अफ्रिका महादेशका अधिकांश मुलुकबाट स्पष्टसँग देख्न सकिने छ । ग्रहण सकेसम्म खाली आँखाले नहेर्न खगोलविद्हरुले सुझाएका छन् ।
दुरबीन, पानीलगायतका माध्यमबाट ग्रहण अवलोकन गर्न सकिने छ । चन्द्रग्रहणको समयमा स्नान, जप, ध्यान तथा दान गर्न उपयुक्त हुने विश्वास गरिन्छ । यसबीचमा गहुँ, धान, चना, मसुरो, चिनी, चामल, कालो रङको कम्बल, चाँदीलगायत दान गर्दा ग्रहणको दोष नलाग्ने जनविश्वास छ ।

Next Post

मेयर कपमा मोडेल र ज्ञानज्योति विजयी

७ माघ २०७५, सोमबार १६:२४
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जको धम्बोझीस्थित ग्रासरुट फुटबल मैदानमा सञ्चालन भइरहेको मेयर कप अन्तर मावि÷निमावि छात्र फुटबल प्रतियोगितामा नेपालगञ्ज मोडेल र ज्ञानज्योति मावि चप्परगौडी विजयी भएका छन् । सोमबार भएको पहिलो खेलमा नेपालगञ्ज मोडेलले भुपु सैनिकलाई ४–० गोलले पराजित ग¥यो । मोडेलका किस्मत सुनारले चारै गोल गरेका थिए । शुरुवातीदेखि नै […]