बाँकेमा नेकपाका पदाधिकारीले लिए शपथ

६ माघ २०७५, आईतवार १७:३५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँके जिल्लाअन्तर्गतका आठवटै स्थानिय तहका पदाधिकारी अर्थात् अध्यक्ष र सचिवले शपथ लिएका छन् । नेकपा बाँकेको पार्टी कार्यालयमा आईतवार आयोजित स्थानिय तहका पदाधिकारीहरुको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा उनिहरुले शपथ लिएका हुन् ।
पार्टीका केन्द्रीय सदस्य तथा ५ नम्बर प्रदेश कमिटिका सचिव जगप्रसाद शर्मा ‘अपार’ ले उनिहरुलाई शपथ ग्रहण गराए । कार्यक्रममा केन्द्रीय सदस्य मो. हारुन हलवाई, ५ नम्बर प्रदेश कार्यालयका सचिव बलराम अधिकारी, नेताहरु अशोक रोकाय, अशोक कोइराला, प्रकाश सुवेदी, अक्कल बहादुर बम, डम्मर बिकलगायतको उपस्थिति थियो ।
शपथ लिनेहरुमा नेपालगञ्ज उपमहानगरपालिमा मनोनित भएका अध्यक्ष डिल्ली प्रसाद बराल र सचिव दत्तप्रसाद आचार्य, कोहलपुर नगरपालिकाका अध्यक्ष बसन्ती अधिकारी र सचिव तुलाराज बिष्ट, राप्तिसोनारी गाउँपालिका अध्यक्ष चामबहादुर घर्ती र सचिव मनोज केसी, नरैनापुर गाउँपालिका अध्यक्ष प्रमोद मिश्रा र सचिव मेराज खाँ, डुडुवा गाउँपालिका अध्यक्ष शकिल अहमद खाँ र सचिव भोलाप्रसाद यादव रहेका छन् ।
यस्तै खजुरा गाउँपालिका अध्यक्ष राजकुमार बिसी र सचिव यामबहादुर महतरा, जानकी गाउँपालिका अध्यक्ष पदम धिताल र सचिव नारायण गिरी त्यसै गरि बैजनाथ गाउँपालिका अध्यक्ष चन्द्रबहादुर चौधरी र सचिव मिरा कार्कीले शपथ लिएका छन् । नेकपाको प्रदेश कमिटीले केही समयअघि बाँकेका स्थानीय तहहरुमा पदाधिकारीमा अध्यक्ष र सचिव मनोनित गरेको थियो ।

Next Post

मेयर कपमा जनता र ब्राइटल्याण्ड विजयी

६ माघ २०७५, आईतवार १७:३५
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा जारी मेयर कप अन्तर मावि तथा उमावि छात्र फुटबल प्रतियोगितामा जनता नमूना र ब्राइटल्याण्ड कलेज विजयी भएका छन् । धम्बोझीको ग्रासरुट मैदानमा जारी प्रतियोगितामा जनता नमूनाले मेरी गोल्डविरुद्ध एकतर्फी जीत निकाल्यो । जनताले मेरीगोल्डलाई ४–० गोलले पराजित गर्यो । एकतर्फी खेलमा जनताका लोकेन्द्र बुढाले दुई तथा […]