सशस्त्र प्रहरीद्वारा ट्रयाक्टरसहित सालको अबैध काठ बरामद

५ माघ २०७५, शनिबार १७:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर ३० गण बाँकेले सालको अबैध गोलियासहित ट्रयाक्टर नियन्त्रणमा लिई डिभिजन बन कार्यालय बाँकेमा बुझाएको छ ।
शुक्रावार राती २ बजे भारतबाट अबैध सालको गोलिया काठ नेपाल ल्याउँदै गर्दा डुडुवा गाउँपालिका वडा नं. ६ महन्तपुर्वाबाट ६ थान सालको गोलियाका साथै खजुरा गाउँपालिका ४ का ट्रयाक्टर चालक सियाराम लोनियासहित ट्रयाक्टर नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक अम्बर बहादुर थारुको नेतृत्वमा शुक्रवार राती गएको गस्ती टोलीले भे १ त ५९८३ नम्बरको ट्रयाक्टर काठसहित नियन्त्रणमा लिएको हो ।
आवश्यक कारबाहीका लागि गोलियासहित ट्रयाक्टर डिभिजन बन कार्यालय बाँकेमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर बाँके, नं.३० गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले बताए ।

Next Post

मेलमिलापकर्तालाई पुनः ताजगी तालिम

५ माघ २०७५, शनिबार १७:४८
सदरलाइनडटकम, खजुरा (बाँके) : खजुरा गाउँपालिकाले आयोजना गरेको मेलमिलाप कर्ताहरुका लागी पुनः ताजगी तालिम शनिवार सम्पन्न भएको छ । समापन समारोहलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले मुलुककै नमूूना न्याय दिने गाउँपालिकाको रुपमा स्थापित गर्न सहभागीलाई आग्रह गरे । उनले मेलमिलापकर्ताहरुले आफूले मेलमिलाप गराउँदा दुधको दुध, पानीको पानी […]