क्यान्सर अस्पतालबारे निर्णय नलिए खजुराले आन्दोलन चर्काउने

४ माघ २०७५, शुक्रबार १८:३२
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले क्यान्सर अस्पताल खजुराबारे सरकारले यथाशीघ्र निर्णय लिन ध्यानाकर्षण गराएका छन् । उनले सरकारले देशका ९ वटा अस्पताललाई संघको स्वामित्वमा लिनु र खजुरा क्यान्सर अस्पताललाई अनिर्णयको बन्दी बनाउनु जनताको भावना विपरीत भएको बताए ।
परोपकार मिशन क्यान्सर अस्पताल खजुराका संस्थापक अध्यक्ष समेत रहेका प्रमुख कक्षपतिले अस्पताललाई विघटन गर्न खोजिए आफुले आन्दोलनको नेतृत्व गर्ने चेतावनी दिदै भने,–‘बाँके, बर्दियालगायतका जिल्लाका जनताको प्रत्यक्ष सहभागिताबाट अस्पताल निर्माण गरिएको हो यसको कतैबाट अवरोध हुन्छ भने आन्दोलनमा उत्रिने छौं ।’
सरकारले कुन प्रक्रियाबाट अस्पताल संचालन गर्ने, संघ, प्रदेश कुन अन्तरगत रहने कुनै निर्णय लिएको छैन । २०६५ सालमा धनधान्याञ्चल महायज्ञ संचालन गरेर खजुराबासीले अस्पताल निर्माणको काम अगाडि बढाएका थिए ।
त्यसपछि अस्पताललाई नेपाल सरकारले पनि बजेट छुट्याउन शुरु गर्दै निरन्तर निर्माणको काम अगाडि बढेको छ । गत असार ११ गतेदेखि ओपिडी संचालनमा आएको उक्त अस्पताललाई तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले गठन आदेशमार्फत नामसमेत परिवर्तन गर्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल राखिएको थियो । खजुरामा शुक्रवार आयोजित एक कार्यक्रममा अध्यक्ष कक्षपतिले जनताको ठूलो लगानी रहेको उक्त अस्पतालबारे सरकारले तत्काल जनताको चाहना बमोजिमकै निर्णय लिएर संघ अन्तरगत हुने गरी अगाडि बढाउन माग गरे ।

Next Post

इशाका रनिङ शिल्ड प्रतियोगिता सुरु

४ माघ २०७५, शुक्रबार १८:३२
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा क्षेत्रका संस्थागत विद्यालय इशाका स्तरीय रनिङ शिल्ड प्रतयोगिता शुक्रवारदेखि सितापुरको शुक्र माविमा शुरु भएको छ । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले प्रतियोगिताको उद्घाटन गर्दै खजुरा क्षेत्रलाई खेल हब बनाइने बताए । उनले खजुरालाई नमूना गाउपालिका बनाउन शिक्षा, स्वास्थ्य कृषिलगायत सबै क्षेत्र झै खेल क्षेत्रको […]