प्रहरीको गोली लागेर कोहलपुरमा एक घाइते

२ माघ २०७५, बुधबार १४:५०
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ गर्ने क्रममा बुधवार बाँकेको कोहलपुर क्षेत्रमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर बाँकेको राप्ती सोनारी गाउँपालिका स्थायी घर भएका युवराज गिरी घाइते भएको प्रदेश नम्बर–५ का प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले अभियुक्त गिरीलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको बताइएको छ । २१ वर्षीय गिरीको बाँया खुट्टामा गोली लागेको छ । पुष २६ गते प्रहरी सहायक निरीक्षकको परीक्षामा सहभागी हुन आएका सुर्खेतका दिपक सिंहको कोहलपुरमा घाटी रेटेर हत्या गरिएको थियो ।
सिंहको घाँटी रेटेर कर्तव्य गरेको घट्नामा युवाराज गिरी संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेपछि बुधवार उनलाई नियन्त्रणमा लिँदा गोली चलाउनु परेको प्रहरीले जनाएको । हत्यामा संलग्न मुख्य योजनाकार भरत शाहीलाई मंगलवार राती सुर्खेतको पलाँटे बजारबाट पक्राउ परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
मुख्य योजनाकार शाहीले दीपक सिंहलाई ‘प्रहरीमा जागिर लगाइदिन्छु’ भन्दै उनीसँग डेढ लाख रुपैयाँ लिएको र जागिर लगाउन नसकेपछि पैसा माग्ने क्रममा विवाद भएको थियो । सोही विवादपछि भरतले युवराज गिरीको सहयोगमा सिंहलाई घाँटी रेटेर, चुप्पी प्रहार गर्दै विभत्स तरिकाले हत्या गरेको अनुसन्धानले देखाएको प्रहरीको भनाई छ ।

Next Post

बारमा नाच्ने कान्छीमाया चरेशसहित पक्राउ

२ माघ २०७५, बुधबार १४:५०
सदरलाइनडटकम, काठमाण्डौ : लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले धूपको डब्बामा फल्स बर्टन बनाएर चरेस तस्करी गर्ने एकजनालाई पक्राउ गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै ब्यूरोले डान्सबारमा काम गर्ने २९ वर्षीया कान्छीमाया घलेलाई सुन्धाराबाट पक्राउ गरेको जानकारी दिएको छ । वैदेशिक हुलाक भन्सार कार्यालयबाट हङकङ पार्सल गरेर चरेस […]