खेलकै क्रममा भारतीय क्रिकेट खेलाडीको मृत्यु

३० पुष २०७५, सोमबार १४:५८
 

सदरलाइनडटकम,
काठमाण्डौ : हृदयघातका कारण भारतमा एक क्रिकेट खेलाडीको खेलकै क्रममा ज्यान गएको छ । गोवाबा रणजी ट्रफीसमेत खेलिसकेका क्रिकेट खेलाडी राजेश घोडगेको खेलकै क्रममा हृदयघातबाट ज्यान गएको हो ।
मडगाउँको राजेन्द्रप्रसाद स्टेडियममा एक स्थानीय प्रतिस्पर्धामा यो घटना भएको थियो । प्रतिस्पर्धा भैरहेको बेला करिब तीन बजे ४७ वर्षीय पूर्व खेलाडी हृदयघातका कारण मैदानमै लडेका थिए ।उनले एमसीसी ड्रयागन्सविरुद्ध एमसीसी च्यालेन्जर्सका लागि खेलिरहेका थिए ।
त्यहाँ भएका अन्य खेलाडीले दिएको जानकारी अनुसार घोडके अचानक ढलेका थिए । त्यसपछि उनलाई नजिकैको अस्पताल भर्ना गरिएको थियो । जहाँ उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।
(एजेन्सीको सहयोगमा)

Next Post

थारु समुदायको महान पर्व माघी शुरु

३० पुष २०७५, सोमबार १४:५८
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : थारु समुदायको महान पर्व माघी शुरु भएको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । यो पर्वका अवसरमा थारु समुदाय गाउँका महतवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ । माघीको आन्तरिक तयारी एक हप्ता अघिबाट शुरु गरिए पनि माघीको अघिल्लो […]