गोपाल सेवा समिति काठमाडौं उपत्यकामा पनि

२९ पुष २०७५, आईतवार १९:०४
 

सदरलाइनडटकम,
काठमाडौं : यदुवंशीहरुको एकता गर्ने उदेश्यका साथ गोपाल सेवा समितिले उपत्यका कार्यसमिति गठन गरिएको छ । संघीय राजधानीमा एक समारोहबीच गोपाल सेवा समितिले काठमाडौं उपत्यकामा बसोबास गरिरहेका विभिन्न पेशाका यदुवंशीहरुको उपस्थितीमा २१ सदस्यीय कार्यसमिति गठन गरेका हुन ।
काठमाण्डौमा सम्पन्न भेलाले चयन गरिएको २१ सदस्यीय कार्यसमितिको अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः कमलकुमार यादव, मञ्जुकुमारी यादव र विजय यादव छन् ।
यसैगरि, कोषाध्यक्षमा अम्बिका यादव, सह–कोषाध्यक्षमा राजेश प्र.यादव, सह–सचिवमा सुजित कुमार यादव, महिला सदस्यहरुमा अञ्जुला यादव र सुनिताकुमारी यादव रहेका छन् ।
सदस्यहरुमा नन्दकिशोर यादव, एमपी यादव, सुशिलकुमार यादव, शिवशंकर यादव, अरुण कुमार यादव, सुक्देव यादव रहेका छन् ।
त्यसैगरि सल्लाहकारहरुमा श्यामकिशोर यादव, विनोदकुमार यादव, उमेश यादव, सत्यनारायण यादव र राजेश कुमार यादव रहेका छन् ।
स्वास्थ तथा जनससंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवद्वारा नयाँ कार्यसमितिको पदभार तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न पेशामा आवद्ध रही उपत्यकामा बसोवास गर्दै आएको १ सय ५० भन्दा बढि यदुवंशीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम पूर्वमन्त्री डा.डम्बरनारायण यादव, डा.सुरेन्द्र यादव र रेखा यादवको उपस्थितीवीच गोपाल सेवा समितिको केन्द्रिय अध्यक्ष कौशल यादवको सभापतित्वमा सम्पन्न भएको छ ।

Next Post

जवानमा याकुब कै नेतृत्व

२९ पुष २०७५, आईतवार १९:०४
सदरलाइनडटकम,  नेपालगञ्ज : नेपाल जडिबुटी व्यवसायी संघको २० औ साधारण सभाबाट चौथो कार्यकालको लागि अध्यक्षमा मो. याकुव अन्सारी निर्वाचित भएका छन् । प्रदेश सांसद समेत रहेका अन्सारीले तेस्रो कार्यकलसम्म उपाध्यक्षको भूमिकामा रहेका शकिल अहमद जसगढलाई पराजित गर्दै उनी अध्यक्ष निर्वाचित भएका हुन । आईतबार दिउँसो भएको निर्वाचनपछि सम्पन्न भएको मतगणना […]