फोरम प्रवक्ता राईलाई पितृ शोक

२९ पुष २०७५, आईतवार १७:५७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : संघीय समाजवादी फोरम बाँकेका प्रवक्ता समशुल हक राईलाई पितृ शोक परेको छ । शहरी विकास मन्त्री मो. इस्तियाक राईका स्वकीय सचिवसमेत रहेका प्रवक्ता राईका बुवा मुस्तकिम कवडियाको ६७ बर्षको उमेरमा शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो ।
कवडिया दुईबर्षअघि दुर्घटनामा परी गम्भिर घाइते भएका थिए । दुर्घटनाका कारण छातीमा समस्यया भएको थियो । राईको साईगाउँस्थित निवासमा आईतवार इस्लाम धर्मानुसार अन्तिम संस्कार गरिएको छ ।

Next Post

नेपाल टेलिकमको आकर्षक ‘विन्टर अफर’

२९ पुष २०७५, आईतवार १७:५७
सदरलाइनडटकम, काठमाण्डौ : नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा आज अर्थात् आईतवारदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने व्यवस्था गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । यसअघि उपलब्ध ‘अटम अफर’अन्तर्गतका सेवामा केही थप सुविधा उपलब्ध […]