समसानघाट सरसफाई

२९ पुष २०७५, आईतवार ०७:२९
 

सदरलाइनडटकम,  
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका विपद् व्यवस्थापन समितिले मानखोलाको समसानघाट सरसफाई गरेको छ । मानखोलामा दाहसंस्कारका क्रममा मलामीले गरेको विभिन्न किसिमको फोहोर शनिवार सरसफाई गरिएको हो ।
समितिका संयोजक खजुरा गाउँपालिका कार्यपालिका सदस्य भागीरत सुनारले जथाभावी फालिएका पानीका बोतल, विष्कुटका खोल, प्लाष्टिक र कपडाका कारण वातावरण दूषित भइरहेकाले सरसफाई गरिएको जानकारी दिए ।
जनप्रतिनिधि तथा केही सरसफाईकर्ताहरु परिचालित भएर मानखोला पुलको उत्तरतर्फ रहेको समसानघाटमा सरसफाई गरिएको हो । समसानघाटबाट संकलन गरिएको फोहोर नजिकै खाडल खनेर बिसर्जन गरिएको संयोजक सुनारले जानकारी दिए ।

Next Post

रुपन्देहीमा प्रहरी र तस्करबीच झडप

२९ पुष २०७५, आईतवार ०७:२९
सदरलाइनडटकम, बुटवल : सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको छ । गस्तीमा रहेको प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार भएपछि जवाफी कारबाहीमा तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करीब ३५ वर्षीय तस्करले प्रहरीमाथि गोली चलाएपछि […]