कोहलपुर महोत्सव तथा फुडफेस्टिवल हुँदै

२६ पुष २०७५, बिहीबार १८:४९
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ कोहलपुरको संयुक्त आयोजनामा ‘पाँचौं कोहलपुर औद्योगिक, व्यापार, कृषि, फुडफेस्टीभल तथा पर्यटन महोत्सव–२०७५’ सञ्चालन हुने भएको छ । आगामी माघ १४ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने सो महोत्सवको बारेमा बिहीबार कोहलपुरमा पत्रकार सम्मेलन गरी संघले जानकारी दिएको हो ।
‘कोहलपुर शहर हाम्रो शान, व्यवसायिक प्रवद्र्वन हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ सञ्चालन हुन लागेको महोत्सव तथा फुडफेस्टीभलले कोहलपुर क्षेत्रको व्यावसायको प्रबद्र्धन तथा कृषि वन तथा उद्योग र पर्यटनलाई टेवा दिदै स्थानीय तथा स्वदेशी उत्पादनको बजारीकरणलाई टेवा दिने लक्ष्यका साथ सम्बन्धित व्यवसायमा लागेका उद्योगी व्यापारीहरू र उपभोक्ताको पहुँचमा वृद्वि गराउने प्रमुख लक्ष्य रहेको आयोजक संस्था कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवका संयोजक चक्रबहादुर अधिकारीले जानकारी दिए । .
उनले महोत्सवमा औद्योगिक उत्पादन तथा विविध वस्तु तथा सेवाहरूमा जम्मा २ सय ७५ स्टल राखिने, फुडफेस्टिभल सम्बन्धी स्टललाई विशेष प्राथमिकता दिईने, वाणिज्य संघ र होटल व्यवसायमा आवद्व सदस्यको लागि स्टलमा २० प्रतिशत छुट्ट दिने, प्रवेशको लागि साधारण टिकट दर ५०, विद्यार्थी शारीरिक अपाङ्ता भएकाका लागि ३५ र ८० वर्ष भन्दा माथीका लागि निःशूल्क पासको व्यवस्था मिलाईएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै होटल व्यवसायी संघ बाँकेका अध्यक्ष तथा सह–संयोजक बलाराम भट्टराईले महोत्सवमा विशेष पहिचान दिनका लागि यस वर्ष फुफेस्टिभललाई जोड दिईएको बताए । आर्कषक बाल उद्यान तथा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा विभिन्न साँस्कृतिक कार्यक्रम र हाँस्यब्यङ्ग्यको प्रस्तुति समेत रहने उनले जानकारी दिए ।
महोत्सवलाई सम्पन्न गर्नका लागि विभिन्न समितिहरू पनि गठन गरिएको छ । महोत्सवको मुल समितिको संयोजकमा चक्रबहादुर अधिकारी, समन्वय समितिको संयोजकमा नरेन्द्रप्रसाद शर्मा, कार्यान्वयन समितिको संयोजकमा चक्रबहादुर अधिकारी र सहसंयोजकमा बलाराम भट्टराईलाई चयन गरिएको छ ।
महोत्सव अवधिभर करिब ३ करोड बराबारको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ ।
महोत्सवको प्रमुख आर्कषणमा फुडफेस्टीभल र महोत्सवमा दर्शकका लागि ९० फिटको भ्यूटावरबाट कोहलपुर क्षेत्रको दृश्य अवलोकन गर्ने व्यवस्था मिलाइएको संयोजक अधिकारीले बताए । उनका अनुसार महोत्सवबाट आएको आम्दानी उद्योग बाणिज्य संघले बहुउद्देश्यीय भवन निर्माण र होटल व्यवसायीका लागि जग्गा खरिदमा समेत लगानी हुनेछ ।

Next Post

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदै

२६ पुष २०७५, बिहीबार १८:४९
सदरलाइनडटकम, नेपालगञ्ज :  नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गतेलाई आज राष्ट्रिय एकता दिवस मनाइँदैछ । सरकारी स्तरबाट पृथ्वी जयन्तीको कुनै कार्यक्रम नभएपनि विभिन्न राजनीतिक दल तथा निजी क्षेत्रको पहलमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर मनाईंदैछ । बाँकेमा क्रियाशिल विभिन्न संघसस्था तथा राजनीतिक दलले विभिन्न […]