डीएनएबारे निर्मलाकी आमामाथि हातपात

२६ पुष २०७५, बिहीबार १४:२३
 

सदरलाइनडटकम,
कञ्चनपुर : निर्मलाकी आमाले डीएनए परीक्षणका लागि रगतको नमुना दिएपछि परिवारमा विवाद भएको छ । निर्मलाको शरीरबाट निकालिएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न निर्मलाकी आमाले रगत नमुना संकलन गरेपछि परिवारमा विवाद भएको हो ।
परिवारको सल्लाहबिना रगतको नमुना प्रहरीलाई दिएको भन्दै निर्मलाका बुबा यज्ञराज र कान्छी आमा लक्ष्मी पन्तले असन्तुष्टि जनाएका हुन् । निर्मलाकी आमाले डीएनएका लागि बुधबार रगत संकलन गरेको विषयलाई लिएर घरमा विवाद भएको छिमेकी मञ्जु भट्टले जानकारी दिइन् । उनले राहतको विषयमा पनि परिवारमा द्वन्द्व भएको बताइन् ।
निर्मलाको ‘भेजाइनल स्वाब’मा भएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न पन्तले बुधवार महाकाली अञ्चल अस्पतालमा रगतको नमुना संकलन गरेर प्रहरीलाई दिएकी थिइन् । डीएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको विषयमा असन्तुष्टि जनाउँदै श्रीमान् र सौताले आफूमाथि दुर्व्यवहार गरेको दुर्गादेवी पन्तले बताइन् । रगतको नमुना संकलन गराएपछि आफूलाई श्रीमान्ले हातपात गरेको दुर्गादेवीले बताइन् ।
बिहान खाना पकाउँदै गर्दा श्रीमानले आफ्नो घाँटी अठ्याउँदै कुटपिट गरेको दुर्गादेवीले बताइन् । छोरीको हत्या भएको ६ महिना बितिसक्दा पनि न्याय नपाइएको बताउँदै उनले आफूले राहत रकम बुझ्ने निर्णयसमेत गरेको बताए । तर, आमाले राहत रकम बुझ्ने निर्णय गरे पनि निर्मलाका बुबाले भने असन्तुष्टि जनाएका छन् । आफूले राहत रकम बुझ्न खोज्दा श्रीमान र सौताले आफूमाथि नै छोरीको हत्या गरेको आरोप लगाएको पनि दुर्गादेवीले गुनासो गरिन् ।

Next Post

सांस्कृतिक महोत्सव नेपालगञ्जमा शुरु

२६ पुष २०७५, बिहीबार १४:२३
सदरलाइनडटकम, नेपालगञ्ज : कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ को नेपालगञ्जमा उद्घाटन गरिएको छ । एजी सर्भिस प्रालिको आयोजनामा नेपालगञ्जको कारकाँदो चोक राधाकृष्ण मन्दिर नजिकैको प्रंगणमा शुरु भएको महोत्सवको कृषि भुमि तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधीले उद्घाटन गरिन् । उद्घाटनअघि धम्वोजी चोकबाट र्याली निकालिएको थियो । सयभन्दा […]