जवानको नेतृत्वको लागि आ–आफ्नो दाबी

२३ पुष २०७५, सोमबार १९:०४
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  नेपाल जडिबुटी ब्यावसायी संघ (जवान)को आगामी पुस २८ र २९ गते साधारण सभा हुने तय भएको छ । संघको विधान अनुसार नयाँ कार्यकालको लागि पदाधिकारी चयन हुने यो साधारण सभा विशेष महत्वको रहेको छ ।
संघको आगामी कार्यकालको नेतृत्व लिनको लागि बर्तमान कार्य समितिका अध्यक्ष, उपाध्यक्ष, महासचिव र सल्लाहकार आ–आफ्नो दाबीसहित संघका सदस्यहरुबीचमा पुग्न सुरु गरेका छन् ।
संघका अध्यक्ष तथा पाँच नंम्बर प्रदेश सभा सदस्य मो.याकुव अन्सारी गोबरेले पुस २८ गते साधारण सभा र २९ गते नयाँ कार्यसमिति चयनको लागि मिति तय भएको जानकारी दिए । उनले व्यावसायीहरुको आग्रह तथा सल्लाहमा नेतृत्वको लागि आफु तयार रहेको बताए । ‘तेस्रो कार्यकाल पुरा गरी चौथो कार्यकालको लागि साथीहरुले आग्रह गरे तयार छु ’–उनले भने ।
बर्तमान कार्यसमितिका उपाध्यक्ष शकिल अहमद जसगढ आगामी नेतृत्वको लागि आफु शशत्त दाबेदार भएको बताए । उनले तीन कार्यकाल उपाध्यक्ष भएर संघको नेतृत्वलाई सघाएको बताउदै यसपालि आफ्नो पालो आउनु पर्ने बताए ।
उनले भने–‘बर्तमान अध्यक्ष ज्यू प्रदेश सांसद भएर सबैको साझा व्यक्ति हुनु भयो त्यस कारणले पनि उहाँ सबैको नेता बन्दै यो पटक मलाई संंघको जिम्मेवारी दिनु पर्छ जस्तो लागेको छ ।’ उनले आफु नेतृत्वमा आए व्यासायीका विभिन्न खालका समस्याको समाधानको लागि पहल गरी व्यावसायको प्रबद्र्धनमा जोड दिने योजना तयार गरी काम गर्ने बताए ।
यसैगरी नेतृत्वको दौडमा रहेका बर्तमान महासचिव टंकप्रसाद शर्मासंग सम्पर्क हुन सकेन भने सल्लाहकार रबिन्द्रनाथ शुक्लाको नाम चर्चामा रहे पनि आफु नेतृत्वको दौडमा नरहेको बताए ।

Next Post

निर्धनका ग्राहक सदस्यका लागि वित्तीय साक्षरता तालिम

२३ पुष २०७५, सोमबार १९:०४
सदरलाइनडटकम, नेपालगञ्ज : निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय परस्पुर बाँकेले संस्थाका ग्राहक सदस्यहरुको लागि वित्तिय साक्षरता तालिम सम्पन्न गरेको छ । खजुरा गाउंँपालिकाको वडानं.२ रिमझिम चोकमा अयोजना गरिएको ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिममा ७८ जनाग्राहक सदस्यहरुको सहभागिता रहेको परस्पुर शाखा कार्यालयका प्रमुख टोपबहादुर रास्कोटीले जानकारी दिए […]