पायोनियर सहकारीको सातौं साधारण सभा

२३ पुष २०७५, सोमबार १२:५५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पाँच नंम्बर प्रदेस की सांसद कृष्णा केसी नमूनाले मुलुकलाई सहकारीको माध्यामबाट सम्बृद्ध र सुखी नेपाल बनाउनको लागि सहयोग गर्न सबै सहकारीकर्मीलाई आग्रहर गरेकी छन् ।  नेपालगञ्जमा पायोनियर बचत तथा ऋण सहकारी संस्थाको सातौ साधारण सभाको उद्दघाटन गर्दै सो आग्रह गरेकी हुन ।
उनले सो अवरसरमा सरकारले सहकारीमा विकशित रहेको केही बिकृतिलाई निस्तेज बनाउन सहकारी ऐन ल्याएको बताउदै एक क्यक्ति एक सहकारीको अवधारणा अघि सार्न थालेको बताईन । उनले प्रदेशको राजधानी सबैलाई पायक पर्ने स्थानमा राखिनु पर्ने कुरामा जोड दिईन ।
उनले राँझा विमानस्थलको नामाकरण मानसरोवर विमानस्थलको रुपमा गर्नपर्ने प्रस्ताव अघि सारेकी छन् । उनले समग्र नेपालगञ्जको लागि यो हुन आवश्यक रहेको औल्याईन ।
सो सहकारीका शेयर सदस्य मिना सुवेदी ढकालले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष शशी स्वाँरको अध्यक्षतामा सम्पन्न उद्दघाटन सत्रमा ४३ जना बचतकर्ता, १८ कर्मचारी र ३ जना ऋणीलाई सम्मान गरिएको थियो ।
६३४ जना शेयर सदस्य शेयर ५५ लाख रहेको सो सहकारीमा बचत ३ करोड ५३ लाख र लगानी ३ करोड ४८ लाख रहेको कार्यकारी प्रमुख विष्णु खनालले जानकारी दिए ।
उद्दघाटन सत्रमा अध्यक्ष शशी स्वाँरले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष सूर्यकुमार श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन र लेखासमितिका संयोजक मिना तुलाधर भुसालले लेखासमितिको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा उपाध्यक्ष मुकुट ढकालले धन्यबाद व्यक्त गरेका थिए ।  

Next Post

रुकुम र बैतडीमा हिमपात

२३ पुष २०७५, सोमबार १२:५५
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : रुकुम पूर्व र रुकुम पश्चिमका लेकाली भेगमा हिमपात भएको छ । आइतवार बिहानदेखि मौसममा आएको परिवर्तनसँगै वर्षात भएपछि हिमपात भएको हो । आइतवार दिउँसोदेखि लेकाली भेगमा हिमपात र औल क्षेत्रमा वर्षात भएको थियो । रुकुम पूर्वका हुकाम, मैकोट, सिस्ने, पेल्मा भट्टेचौर, दादिंग, सेपेलगायतका क्षेत्रमा अधिक हिमपात […]