नरैनापुरमा विपन्न आवास कार्यक्रम शुरु

२२ पुष २०७५, आईतवार १६:३२
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिकामा विपन्न आवास सहयोग कार्यक्रम शुरु गरिएको छ । फुसरहित छाना बनाउने अभियानअन्तर्गत विपन्न आवास सहयोग कार्यक्रम शुरु गरिएको हो ।
चालु आर्थिक बर्षमा गाउँपालिकाका १ सय २५ विपन्न घर परिवारलाई जस्ता पाता वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । पहिलो चरणमा वडा नम्बर ५ नयाँ बस्तीका ६० विपन्न घर परिवारलाई जस्ता पाता वितरण गरिएको हो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जस्ता वितरण गरेका थिए । कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य, वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाहलगायतको उपस्थिति थियो ।
गाउँपालिकाकाको ३० प्रतिशत र ह्याबीट्याट नेपाल तथा महिला उपकार मञ्च बाँकेको ७० प्रतिशत लागतमा आवास कार्यक्रम गरिएको हो । फुसको छानाका कारण नरैनापुरमा गर्मीयाममा बर्षेनी आगालागीका घटना हुँदा बस्ती नै सखाप हुने गरेका छन् ।

Next Post

बाँकेमा डेढ लाखको अवैध कपडा बरामद

२२ पुष २०७५, आईतवार १६:३२
सदरलाइनडटकम, नेपालगञ्ज : भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी.बल नेपाल गण हेडक्वार्टर बाँके नं.३० गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मरबहादुर थारुको नेतृत्वमा खटिएको चेक प्वाईन्ट टोलीले चौलिका चोकमा उक्त सामान बरामद गरेको हो । भारतको दिल्लीबाट जमुनाह भन्सार नाका हुँदै दाङतर्फ जाँदै गरेको […]