राजमार्गमा द्रुत उद्धार टोली परिचालन गरिने

२१ पुष २०७५, शनिबार १७:५३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले राजमार्गमा द्रुत उद्धार टोली परिचालन गरिने भएको छ । देशमा बढ्दै गएको दुर्घटना न्युनीकरणका लागि राजमार्ग द्रुत उद्धार सेवा सम्बन्धि अभिमुखिकरण कार्यक्रम शनिवार नेपालगञ्जमा गरिएको छ । राजमार्गमा हुने सवारी दुर्घटनामा मृतककोे संख्या न्यूनीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रमबारे जानकारी दिँदै महामारी तथा बिपद् ब्यवस्थापन महाशाखाका प्रमुख डा. प्रकाशप्रसाद शाहले नेपालमा हाल सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दै गएकोले न्यूनीकरण गर्ने उद्देश्यले राजमार्गमा द्रुत उद्धार टोलीको ब्यबस्था गर्न लागिएको बताए । उनले टोलीमा मेडिकल टोली, प्रहरी, शसस्त्र प्रहरी, सेना, ट्राफिक प्रहरी, एम्बुलेन्स, स्थानीय सरकार, स्थानीय ब्यक्ति, रेडक्रसकर्मीलगायत रहने जानकारी दिए ।
बिदेशमा प्रत्येक ३० किलो मिटरको दुरीमा यस्तो टीम रहने व्यवस्था भएपनि नेपालमा भने भुगोलको हिसाबले यो भन्दा पनि कममा राखिने, प्रत्येक टीममा कम्तिमा ४ जनासम्म तालिम प्राप्त व्यक्ति रहने र एम्बुलेन्सको व्यवस्था हुने उनले बताए ।
कार्यक्रममार्फत सुझाव संकलन गरि प्रदेश सरकारलाई बुझाउने र प्रदेश सरकारले दुर्घटना क्षेत्रको पहिचान गरि कहाँ कति दुरीमा टीम राख्ने भन्ने निर्णय गर्ने जिल्ला जनस्वास्थ्य कार्यलय बाँकेका जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले बताए । कार्यक्रममा घाइतेहरुको पहिचान र उद्धारबारे असल छिमेकी नेपालका डा. सृष्टि महर्जन र प्रतिभा त्रिपाठीले सहजीकरण गरेका थिए ।

Next Post

अल इण्डिया रेडियोको प्रसारण केन्द्र कटौती

२१ पुष २०७५, शनिबार १७:५३
सदरलाइनडटकम, काठमाण्डौ : प्रसार भारतीले खर्चमा कटौती गर्ने भन्दै अल इण्डिया रेडियोको राष्ट्रीय च्यानलका साथै पाँचवटा सहरमा भएका क्षेत्रीय प्रसारण तथा मल्टिमिडिया एकेडेमीहरु बन्द गर्ने निर्णय गरेको छ । प्रसार भारती भारतको सार्वजनिक प्रसारण संस्था हो जुन अल इण्डिया रेडियो, अल इण्डिया रेडियो न्यूज, दूरदर्शन टेलिभजन डीडी न्यूज फ्रेश डिश, […]

सम्बन्धित